आज प्रजातन्त्र दिवस, प्रधानमन्त्रीको यस्तो भनाइ

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज फागुन ७ गते शुक्रवार काठमाडौंको सैनिक मञ्चमा आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बलिदानीपूर्ण संघर्षको उद्धेश्य संविधानसभाले संविधान जारी गरेर पूरा भएको बताएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस उपस्थित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अब मुलुक आर्थिक निर्माणको चरणमा प्रवेश गरेको बताए । ‘जनता आफैंले संविधान लेख्न २००७ सालदेखि गरेको बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप संविधानसभाले संविधान जारी गरेको छ’ प्रधानमन्त्री ओलीले भने—‘यो युगिन उपलब्धीले जनताको संघर्षका उपलब्धीलाई संस्थागत गरेको छ । अब आर्थिक निर्माणको बाटोमा मुलुकलाई अघि बढाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले संविधानमाथि देखिएका असन्तुष्टिलाई संविधानले नै सम्वोधन गरेकाले संविधान आफैंमा गतिशील रहेको गरेको पनि वताए । ‘अब पनि कसैका असन्तुष्टि भए त्यसलाई संवादका माध्यमबाट सम्बोधन गर्न सकिन्छ, प्रधानमन्त्री ओलीको भनाई थियो । ‘लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक संविधान बनेको छ, यसले सबैका हक अधिकार र पहिचानलाई स्थापित गरेको छ’ प्रधानमन्त्रीले भनेका छन्—‘यसमा कसैलाई चित्त बुझेको छैन भने त्यसलाई पनि सवादका माध्यमबाट सम्बोधन गर्न सकिनेछ ।’
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टुकडीले प्रस्तुत गरेको विशेष प्रदर्शनको पनि अवलोकन गरेका थिए । नेपाल स्काउट र ज्यापु समाजले पनि समारोहमा विशेष प्रस्तुती गरेको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...