गिरान्चौर एकीकृत बस्तिका लागि वि-टिम को सहयोग

असाहाय, गरिब र जेहन्दार बिधार्थीलाई शिक्षाको क्षेत्रमा सहयोग गर्ने उदेश्यले सिड्नीमा रहेका शिक्षा प्रेमी युबा युवतीहरुले स्थापना गरेको “वि-टिम” ले आफ्नो नियमित परोपकारी कार्य बाहेक हालै धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ ।
वि-टिमका रमेश शर्माका अनुसार धुर्मुस-सुन्तली फाउन्डेसनले हालै सुरु गरेको गिरान्चौर एकीकृत बस्तिका लागि संसार भरबाट स्वत स्फुर्त सहयोग आउने क्रम संगै हामी साथीहरु बीच पनि हाम्रो नियमित सहयोग बाहेक केहि सहयोग गरौ भन्ने प्रस्ताब आयो सोहि अनुरुप संस्थाले ८६ हाजर नेपाली रुपैया संकलन गरि धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिसकेको छ ।
वि-टिमको स्थापना काल देखि हाल सम्म सक्रिय प्रेम भुषालका अनुसार छोटो समयको सूचनामा टिम भित्रैबाट र छिटो सम्पर्क गर्न सकिने साथीहरु बिच समन्वय गरेर उक्त रकम उठाइएको हो । भुषालका अनुसार वि-टिमको प्रमुख उदेश्य असाहाय, गरिब र जेहन्दार बिधार्थीलाई शिक्षा क्षेत्र र पठन-पाठनमा सहयोग गर्ने हो जस अनुसार हाल १५ जान स्कुल पढ्ने बिधार्थीहरुलाई संस्थाले सम्पूर्ण सहयोग गर्दै आइरहेको छ । त्यस बाहेक समय परिस्थिति हेरी बिभिन्न सामाजिक र परोपकारी कार्यहरुमा र नेपालमा हुने प्राकृतिक प्रकोप जस्ता परिस्थितिमा संस्थाले हातेमालो गर्दै आइरहेको छ । सोहि अनुरुप गत साल देशले भुकम्पका पिडा खेपेको बखत आर्थिक संकलन, सहयोग र सो भन्दा अगाडी पोखराको एक बृद्द आश्रम निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...