गिरान्चौर एकीकृत बस्तिका लागि वि-टिम को सहयोग

असाहाय, गरिब र जेहन्दार बिधार्थीलाई शिक्षाको क्षेत्रमा सहयोग गर्ने उदेश्यले सिड्नीमा रहेका शिक्षा प्रेमी युबा युवतीहरुले स्थापना गरेको “वि-टिम” ले आफ्नो नियमित परोपकारी कार्य बाहेक हालै धुर्मुस-सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ ।
वि-टिमका रमेश शर्माका अनुसार धुर्मुस-सुन्तली फाउन्डेसनले हालै सुरु गरेको गिरान्चौर एकीकृत बस्तिका लागि संसार भरबाट स्वत स्फुर्त सहयोग आउने क्रम संगै हामी साथीहरु बीच पनि हाम्रो नियमित सहयोग बाहेक केहि सहयोग गरौ भन्ने प्रस्ताब आयो सोहि अनुरुप संस्थाले ८६ हाजर नेपाली रुपैया संकलन गरि धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिसकेको छ ।
वि-टिमको स्थापना काल देखि हाल सम्म सक्रिय प्रेम भुषालका अनुसार छोटो समयको सूचनामा टिम भित्रैबाट र छिटो सम्पर्क गर्न सकिने साथीहरु बिच समन्वय गरेर उक्त रकम उठाइएको हो । भुषालका अनुसार वि-टिमको प्रमुख उदेश्य असाहाय, गरिब र जेहन्दार बिधार्थीलाई शिक्षा क्षेत्र र पठन-पाठनमा सहयोग गर्ने हो जस अनुसार हाल १५ जान स्कुल पढ्ने बिधार्थीहरुलाई संस्थाले सम्पूर्ण सहयोग गर्दै आइरहेको छ । त्यस बाहेक समय परिस्थिति हेरी बिभिन्न सामाजिक र परोपकारी कार्यहरुमा र नेपालमा हुने प्राकृतिक प्रकोप जस्ता परिस्थितिमा संस्थाले हातेमालो गर्दै आइरहेको छ । सोहि अनुरुप गत साल देशले भुकम्पका पिडा खेपेको बखत आर्थिक संकलन, सहयोग र सो भन्दा अगाडी पोखराको एक बृद्द आश्रम निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...