प्रीशाको एल्बम सार्वजनिक
काठमाडौं— अमेरिकामा जन्मिएकी बाल गायिका प्रीशा श्रेष्ठले गाएका बाल गीत तथा राष्ट्रिय गीतहरुको एल्बम ‘प्रीशा’ बुधवार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार डा.कृष्णहरी बराल, संगीतकार सुरेश अधिकारी, निर्देशक आकाश अधिकारीसहितको समुहले उक्त एल्बम सार्वजनिक गरेको हो । गायिका प्रीशाको नवौं जन्मदिनको अवसर पारेर यो एल्बम सार्वजनिक गरिएको हो ।
विमोचित एल्बममा वसन्त सापकोटा, सुरेश अधिकारी, बिमल पराजुली तथा ज्योती श्रेष्ठद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएको छ । प्रकाश सुवेदी, छाया दत्त न्यौपाने, निरुता खतिवडा तथा इनिमेनिले एल्बमका गीतहरु रचना गरेका छन् । एक वर्षअघि नेपाल आउँदा नेपाली भाषा समेत बोल्न नजान्ने प्रीशालाई संगीतकार सुरेश अधिकारीले नेपाली भाषासहित नेपाली संगीत समेत सिकाएका हुन् । समारोहमा गायिका श्रेष्ठले एउटा गीत गाएर सुनाएकी थिइन् भने अर्को एउटा गीत ‘जति माया लाग्छ मामुको’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबु नेपालले गरेका हुन् ।
गायिका श्रेष्ठको जन्म दिनको अवसर पारेर उनकी आमा सिर्जना उप्रेतीले सुनाकोठी, ललितपुरका शारीरिक रुपले अपाङ हरि थापालाई नगद रकम सहयोग गरेकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...