प्रीशाको एल्बम सार्वजनिक

काठमाडौं— अमेरिकामा जन्मिएकी बाल गायिका प्रीशा श्रेष्ठले गाएका बाल गीत तथा राष्ट्रिय गीतहरुको एल्बम ‘प्रीशा’ बुधवार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार डा.कृष्णहरी बराल, संगीतकार सुरेश अधिकारी, निर्देशक आकाश अधिकारीसहितको समुहले उक्त एल्बम सार्वजनिक गरेको हो । गायिका प्रीशाको नवौं जन्मदिनको अवसर पारेर यो एल्बम सार्वजनिक गरिएको हो ।
विमोचित एल्बममा वसन्त सापकोटा, सुरेश अधिकारी, बिमल पराजुली तथा ज्योती श्रेष्ठद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएको छ । प्रकाश सुवेदी, छाया दत्त न्यौपाने, निरुता खतिवडा तथा इनिमेनिले एल्बमका गीतहरु रचना गरेका छन् । एक वर्षअघि नेपाल आउँदा नेपाली भाषा समेत बोल्न नजान्ने प्रीशालाई संगीतकार सुरेश अधिकारीले नेपाली भाषासहित नेपाली संगीत समेत सिकाएका हुन् । समारोहमा गायिका श्रेष्ठले एउटा गीत गाएर सुनाएकी थिइन् भने अर्को एउटा गीत ‘जति माया लाग्छ मामुको’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबु नेपालले गरेका हुन् ।
गायिका श्रेष्ठको जन्म दिनको अवसर पारेर उनकी आमा सिर्जना उप्रेतीले सुनाकोठी, ललितपुरका शारीरिक रुपले अपाङ हरि थापालाई नगद रकम सहयोग गरेकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...