बेस्ट डान्सर नेपालको घोषणा
काठमाडौं— नृत्यमा पारंगत युवा–युवतीहरुलाई खुशीको खबर । सुशीला आर्टस् एकेडेमीले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहाने नेपाली युवा–युवतीहरुलाई लक्षित गर्दै ‘बेस्ट डान्सर नेपाल–२०१६’ शीर्षकको नृत्यमा आधारित राष्ट्रियव्यापी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । बिहिबार रुसी सांस्कृतिक केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीकी संस्थापक युलिया कोइरालाले ‘बेस्ट डान्सर नेपाल’ को दोस्रो संस्करणको औपचारिक थालनी भएको घोषणा गरेकी हुन् । एकेडेमीले थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘सुशीला आर्ट्स एकेडेमीको स्थापना नेपाली कलाकारहरुलाई सहयोग पुर्याउँदै समग्रताको जगमा शिक्षाको माध्यमबाट कलाको प्रवद्र्धन गर्ने उदेश्यले भएके हो, एकेडेमीकी संस्थापक कोइरालाले भनिन्—‘संगीत, नृत्य, अभिनय लगायत सबै क्षेत्रका कलाकारलाई प्रोत्साहित गर्दै उहाँहरु कलाकार मात्र नभइ प्रतिभा, चरित्र विकास, व्यवसायिकता आदिको माध्यमबाट नेपाली कलाको अगुवा पनि भइ अन्तर्राष्ट्रिय स्तरमै नेपाली कलाको लागि योगदान पुर्याउन सक्नु हुनेछ भन्ने हाम्रो उदेश्य हो ।’ कोइरालाले ‘बेस्ट डान्सर नेपाल–२०१६’ को उदेश्य पनि कला प्रवद्र्धन गर्नु मात्र नभइ कलाकारको प्रतिभा र क्षमताको विकास गर्नु पनि भएको स्पष्ट पारिन् ।
चार चरणमा विभाजन गरिएको यो प्रतियोगिताको पहिलो चरण असोज १ गतेदेखि प्रारम्भ हुनेछ । आवेदन फाराम भरेर प्रतिस्पर्धामा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच पहिलो चरणका प्रतिस्पर्धा गराइने छ । पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट ४० जना प्रतियोगि छनोट गरिनेछ । पहिलो चरणबाट छनोट भएका प्रतिस्पर्धिहरु असोज २ गते दोस्रो चरणमा सहभागि हुनेछन् । दोस्रो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट २० को छनोट गरिनेछ । उनीहरुबीच असोज १५ गते हुने तेस्रो चरणबाट फाइनल चरणका लागि उत्कृष्ट १० को छनोट गरिनेछ । उत्कृष्ट १० प्रतिस्पर्धीहरुबीच उपाधिका लागि मंसिर २२ गते ग्रान्ड फिनाले सञ्चालन गरिनेछ ।
प्रतियोगिताका विजेतालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सुशीला आर्ट्स एकेडेमीको तर्फबाट २५ हजार तथा निर्देशक आकाश अधिकारीको स्काइ मुभिजको तर्फबाट २५ हजार गरी विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा दोस्रो हुने विजेताले नगद १५ हजार रुपैयाँ, तेस्रो हुनेले नगद ७ हजार रुपैयाँ, चौथो हुनेले नगद तीन हजार रुपैयाँ, पाँचौं हुनेले दुई हजार रुपैयाँ तथा छैठौं, सातौं तथा आठौं स्थान हासिल गर्ने प्रतिस्पर्धीले नगद एक–एक हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका निर्णायकमा मिस नेपाल २०१४ सुविन लिम्बु, चलचित्र निर्देशक आकाश अधिकारी, यूलिया कोइराला, एलिजे बियानिक रहने छन् । पत्रकारमा सम्मेलनमा उपस्थित मिस नेपाल सुविन लिम्बुले नेपाली नृत्यांगनालाई यस्तो प्रतियोगिताले राम्रो प्लेटफार्म प्रदान गर्ने धारणा राखिन् । चलचित्र निर्देशक आकाश अधिकारीले पनि नृत्य प्रतियोगिता आयोजना गरेर सुशीला आर्टस् एकेडेमीले चलचित्र क्षेत्रले गर्नु पर्ने कार्य गरिरहेको बताए ।
प्रतियोगितामा छनोट हुने प्रतिस्पर्धिहरुलाई रोयल ब्याली, बेलायतकी एलिजे बियानिकले प्रशिक्षण दिनेछिन् । पत्रकारहरुसंग कुराकानी गर्दै एलिजे नेपाली युवा–युवतीहरुको नृत्य कौशलको प्रसंसा गरेकी थिइन् ।
अघिल्लो वर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणका विजेता जेनिशा डंगोल तथा दोस्रो स्थान हासिल गर्न सफल सुम्निमा साङपाङले सुशीला आर्ट्स एकेडेमीले कलाकारहरुलाई राम्रो अवसर दिएको बताए ।
तस्बिर : छिमी दोर्जे
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...