पछिल्लो घटनाक्रमप्रति प्रधानमन्त्री चिन्तित

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औं स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देशमा पछिल्ला केही दिनयताका घटनाबाट सिंगो मुलुक र लोकतन्त्रका पक्षधर नागरिक चिन्तित र गम्भीर भएको र यसले नागरिकको आधारभूत हितमा आाच पुर्याउने चिन्ता व्यक्त गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले यस्ता घटनाले अन्तत: मुलुकलाई नै पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने बताउँदै संकीर्ण दलीय अथया व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्याउन सक्ने यथार्थप्रति गम्भीर हुनु पर्ने कुरामा जोड दिनु भयो ।
संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी नागरिक र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हाासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...