अविश्वासको प्रस्ताव फिर्ता नहुने

काठमाडौं— नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा मधेसी मोर्चाको बैठकले संसदमा प्रधानमन्त्रीको विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता नलिने निर्णय लिएका छन् । उनीहरुले अविश्वास प्रस्तावमा नै छलफल हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।
आज शुक्रबार बसेको तीन दलको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रस्तावलाई पनि ठाडै अस्वीकार गर्दै सिधै अविश्वास प्रस्तावमाथि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । छलफलपछि कांग्रेस र माओवादीका शीर्ष नेताहरु सभामुख ओनसरी घर्तीसाग परामर्शमा जुटेका छन् । यसअघि हिजो बिहीबार तीन दलबिच भएको बैठकमा पौडेलले सहमतिको लागि नयाँ प्रस्ताव गरेका थिए । बजेटसंग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने तथा नयाँ सरकार गठनको प्रक्रियामा जाने पौडेलको प्रस्तावले तीनै दलबिच सहमति जुट्ने आशा भइरहेको बेला कांग्रेस, माओवादी र मोर्चाले यस्तो निष्कर्ष निकालेका हुन् ।
सहमतिको लागि कांग्रेस, एमाले र माओवादीबिच केहीबेरमा छलफल हुने बताइन्छ । संसद बैठक अहिले दिउँसो २ बजेका लागि बोलाइएको छ । यसअघि बिहीबार बस्ने भनिएको संसद बैठक सहमति खोज्न भन्दै आज शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...