अख्तियारलाई संसदको निम्तो
काठमाडौं— व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित सम्पूर्ण पदाधिकारीलाई पर्सि आइतबार छलफलका लागि बोलाएको छ । समितिको आज शुक्रवार बसेको बैठकले यो निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको विषयमा छलफल गर्न बसेको बैठकमा सांसदहरुले अख्तियार पदाधिकारीलाई पनि बोलाउन माग गरेपछि यस्तो निर्णय भएको बताइन्छ । समितिले शुक्रवारको बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसंग अख्तियारको हस्तक्षेपबारे छलफल गरेको थियो । बैठकलाई काठमाडौं विश्वविद्यालयका शिक्षाध्यक्ष भोला थापाले अख्तियारले विश्वविद्यालयमा हस्तक्षेप गरेको बताएका थिए ।
बैठकमा माओवादी केन्द्रका सांसदहरु अमनलाल मोदी, जनकराज जोशी, अनिता परियार, सद्भावना पार्टीका नरसिंह चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद साह, नेपाली कांग्रेसका सांसदहरु महेश आचार्य, एनपी साउद, अर्जुननरसिंह केसी, ध्रुव वाग्ले, एमालेका अमर थापा, सुशीला नेपाल, हर्कबोल राईसहितका सांसदहरुले अख्तियारलाई बोलाउन माग गरेको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...