ओली सरकार ढल्ने निश्चित, आयो अविश्वासको प्रस्ताव

-- ?>

Parliament111
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा केपी शर्मा ओली शर्मा विरुद्धको सरकार विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यससंगै वर्तमान केपी ओली सरकार ढल्ने निश्चितप्राय: भएको छ । अविश्वासको प्रस्ताव पेस गर्दै माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसंग आफ्नो कुनै व्यक्तिगत कटुता नरहेको तर सरकारका नौ महिनाको कार्यकालमा काम गर्ने शैली र तरिकामा भने गम्भीर अन्तर रहेको गुनासो गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमा प्रमुख दुई दलका नेताहरुले धारणा राखेपछि शुक्रवारको बैठक स्थगित भएको छ । व्यवस्थापिका संसदको बैठक आज शनिवार बिहान ११ बजेदेखि बस्ने छ ।
दलीय धारणा राख्दै नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले संविधान कार्यान्वयनमा प्रधानमन्त्री उदासीन भएकाले अविश्वास प्रस्ताव ल्याइएको बताए । नेकपा एमालेका नेता सुवास नेम्वाङले संविधान अस्विकार्यको दावी गर्दै आएका मधेसी मोर्चाका सांसद्ले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको देख्दा आफूलाई खुशी लागेको बताए ।
अविश्वासको प्रस्तावमा छलफल हुनुअघि आर्थिक वर्ष २०७३ र २०७४ बजेटसंग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट अस्विकृत भएको थियो ।