आज निर्णयार्थ प्रस्तुत हुँदै अविश्वासको प्रस्ताव

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमाा दर्ता भएको अविश्वासको प्रस्ताव आज आइतबारको बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ ।
व्यवस्थापिका–संसदको आजको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।
अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिएका छन् । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।
वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री ओली सरकार संकटमा परेको छ । प्रधानमन्त्री ओलीको दम्भ र अहंकारका कारण आफूले समर्थन फिर्ता लिएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले बताउँदाएको छ ।
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका २ सय ८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसदमा पेस गरिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसंगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
नेपालको संविधान जारी भएसंगै व्यवस्थापिका–संसदमा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै संकटमा परेको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...