आज लन्डनमा सयपत्री साँझ

लन्डन- सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले आफ्नो स्थापनाको दशौँ बर्षको उपलक्ष्यमा आज आइतबार साँझ ‘सयपत्री साँझ–२०१६’ आयोजना गर्दैछ ।
स्थानिय द एम्पायर हल अल्डरसटमा आयोजना हुने यो विशेष सांस्कृतिक कार्यक्रममा लोकप्रिय कलाकारले गीत, संगीत तथा नृत्य प्रस्तुत गर्ने संस्थाका अध्यक्ष एलबी गुरुङले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु कन्हैया सिंह, अन्जना गुरुङ, रामजी खाँण, मनसुधन थापा, प्रभु गुरुङ, कबिता घर्तिमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङका साथमा युकेकाको चर्चित सयपत्री लाइभ म्युजिकल ब्याण्डको विशेष सांगीतिक प्रस्तुतिका साथै स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुति रहनेछ । यो कार्यक्रम स्थानिय समय अनुसार साँझ ६ बजेदेखि प्रारम्भ हुनेछ ।
यो कार्यक्रममा सहभागिताका लागि एक महिना युके भ्रमणमा रहनु भएका विशेष आमन्त्रित गायक कन्हैया सिंह परियार र गायिका अन्जना गुरुङ लन्डनमा हुने विभिन्न संघ संस्थाको कार्यक्रमहरुमा पनि सयपत्री नेपाली कल्चरल ग्रुपको संयोजनमा सहभागी हुनुको साथै अन्तिम कार्यक्रम अगस्त १३ तारिखमा कोसेली परिवार लन्डनको कार्यक्रममा सहभागी भई सयपत्रीको बिदाई एवं सम्मान कार्यक्रम अगस्त १४ पछि नेपाल फर्किने जानकारी सयपत्रीले गराएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...