प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पदबाट राजीनामा गरेको घोषणा गरेका छन् । व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भएपछि त्यसमा मतदान हुनुपूर्व नै ओलीले राजीनामा गरेका हुन् ।
आज आइतबारको संसदको बैठकमा अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति समक्ष आजै राजीनामा पत्र बुझाइसकेको जानकारी दिए ।
गत २४ असोजमा उनलाई व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा बहुमतबाट चयन गरेको थियो ।
आफ्नो सम्बोधनको क्रममा ओलीले आफूले प्रधानमन्त्री पद सम्हाल्दा मुलुक अभूतपूर्व संकटमा रहेको भन्दै त्यसलाई सामान्य बनाइसकेपछि आफूमाथि निहित स्वार्थबस अविश्वासको प्रस्ताव ल्याइएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरे ।
ओलीले सरकारमा रहनु वा नरहनु ठूलो कुरा नभएको भन्दै आफूलाई सरकारबाट हटाउने निहुँमै भए पनि मधेश केन्द्रित दलहरुले संविधानकोे सर्वस्वीकार्यतालाई पुष्टि गरिदिएको बताए ।
ओलीले अविश्वासको प्रस्ताव र त्यसको अन्तर्य ‘मुलुकलाई अस्थिरताको भूमरीमा धकेल्ने र धमिलो पानीमा माछा मार्नेहरुका लागि चालिएको संकिर्ण र स्वार्थी कदम’ भनेका थिए ।
संवोधनका क्रममा माओवादी केन्द्रप्रति बढी आक्रमक देखिएका ओलीले आफूले प्रधानमन्त्री पदमा रहेर गरेका कामहरुको फेहरिस्त समेत प्रस्तुत गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...