प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पदबाट राजीनामा गरेको घोषणा गरेका छन् । व्यवस्थापिका संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत भएपछि त्यसमा मतदान हुनुपूर्व नै ओलीले राजीनामा गरेका हुन् ।
आज आइतबारको संसदको बैठकमा अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने क्रमको अन्त्यमा प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति समक्ष आजै राजीनामा पत्र बुझाइसकेको जानकारी दिए ।
गत २४ असोजमा उनलाई व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा बहुमतबाट चयन गरेको थियो ।
आफ्नो सम्बोधनको क्रममा ओलीले आफूले प्रधानमन्त्री पद सम्हाल्दा मुलुक अभूतपूर्व संकटमा रहेको भन्दै त्यसलाई सामान्य बनाइसकेपछि आफूमाथि निहित स्वार्थबस अविश्वासको प्रस्ताव ल्याइएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरे ।
ओलीले सरकारमा रहनु वा नरहनु ठूलो कुरा नभएको भन्दै आफूलाई सरकारबाट हटाउने निहुँमै भए पनि मधेश केन्द्रित दलहरुले संविधानकोे सर्वस्वीकार्यतालाई पुष्टि गरिदिएको बताए ।
ओलीले अविश्वासको प्रस्ताव र त्यसको अन्तर्य ‘मुलुकलाई अस्थिरताको भूमरीमा धकेल्ने र धमिलो पानीमा माछा मार्नेहरुका लागि चालिएको संकिर्ण र स्वार्थी कदम’ भनेका थिए ।
संवोधनका क्रममा माओवादी केन्द्रप्रति बढी आक्रमक देखिएका ओलीले आफूले प्रधानमन्त्री पदमा रहेर गरेका कामहरुको फेहरिस्त समेत प्रस्तुत गरेका थिए ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...