डा.केसीले तोडे अनशन

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने तथा मेडिकल शिक्षा सुधारलगागतका माग राखेर आठौं आमरण अनुशनमा बसेका डा. गोविन्द केसीले १६ औं दिन आज सोमबार अनशन तोडेका छन् ।
हिजो आइतबार साँझ सरकार तथा केसीबीच चार बुँदे सहमति भएपछि डा. केसीले अनशन तोडेका हुन् । टिचिङ अस्पतालमा उपचाररत पाँच वर्षीय विरामी सरोज नेपाल, भिक्षु थोवाङ नोर्बु लामा तथा अनितादेवी महतोको हातबाट सुप पिएर डा.केसीले अनशन तोडेका हुन् । केसीलाई सरकारकी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा सेनेन्द्र उप्रेतीलेपनि जुस पिलाएका थिए ।
सरकारी वार्ता टोली र डा. केसीबीच अइतबार साँझ चार बुँदे सहमति भएको थियो । लामो समयदेखि विवादमा रहेको मनमोहन मेडिकल कलेज सरकारले किन्ने सम्झौता गरेका दुवै पक्ष अख्तियारको विषय संसद्मा प्रवेश गरिसकेको भन्दै अन्य महत्वपूर्णमा विषयमा सहमतिमा पुगेका हुन् । केसीले आइतबार बेलुकी १० बजेर २० मिनेटमा टिचिङ अस्पतालको अनशनकक्षमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकारका तर्फबाट वार्ता टोली संयोजक डा. सेनेन्ऽराज उप्रेतीसहित निमित्त शिक्षा सचिव लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...