पद्म श्रीमा उत्कृष्ट पाँच

काठमाडौं- मदन पुरस्कारपछि प्रतिष्ठित र ठूलो पुरस्कार रासी रहेको पद्म श्री साहित्य पुरस्कार समितिले उत्कृष्ट ५ कृतिको नाम मनोनयन गरेको छ । २०७२ सालमा उत्कृष्ट ठहर गरिएका ती कृतिहरुको नाम गोप्य जुरी मेम्बरहरुले गरेका हुन् ।

गएको वर्ष निकै ख्याती कमाएको गैरआख्यान कृति गिरिश गिरीको ‘बिरगंज’ पद्मश्री पुरस्कारको मनोनयनमा परेको छ । त्यसैगरी कथा लेखनमा नयाँ शैली भित्राएको रामलाल जोशीको ‘ऐना’ पनि मनोनयनमा परेको छ । लेखनमा नयाँ डिजाइन भित्राउने कुमार नगरकोटीको ‘मिस्टिका’ र कविता लेखनमा उचाइ प्राप्त गरेका भूपिनको ‘सुप्लाको हवाइजहाज’ पनि यो सूचीमा अटाएको छ ।

त्यसैगरी महाभारतलाई नयाँ शैलीमा पुर्नलेखन गर्न सफल निलम कार्की ‘निहारिका’ ले पनि पद्म श्री पुरस्कारको सूचीमा आफूलाई पार्न सफल भएकी छिन् । ऐना र चीररहण यसअघि मदन पुरस्कारको सुचीमा पनि पर्न सफल भएको थियो ।
मनोनयमा परेका सबैजसो कृति आफ्नो ठाउँमा बेजोड स्थान बनाएको ठहर समीक्षकहरुले गरेका छन् । विश्वका चर्चित सहरको बायोग्राफी लेख्ने चलनलाई नपालीमा भित्राएको कारणले ‘बिरगञ्ज’ मनोनयनमा परेको हुनसक्ने चर्चित समीक्षक राम लोहनीले बताए । नोवेल पुरस्कार प्राप्त लेखक ओरान पामुकको ‘स्तानबुल’ पुस्तकपछि स्ताम्बुलमा पर्यटकहरुको संख्या ह्वात्तै पढेको थियो । संसारका प्रशिद्ध सहरहरुका बारेमा लेख्ने पुरानो चलन छ ।

पद्मश्री पुरस्कारको मनोनयनमा परेको नगरकोटीको ‘मिस्टिका’ कल्पनाशीलताको उचाईमा पुगेका कारण मनोनयनमा परेको बताइन्छ । नेपाली साहित्यमा यस किसिमको लेखन यसअघि नआएको कारण पनि निर्णायकको नजरमा परेको अनुमान समीक्षकहरुले गरेका छन् ।

यता ‘सुप्लाको हवाइजहाज’ बाट मनोनयनमा परेका कवि भूपिन कविता लेखनमा चर्चित नाम हो । समाकालीन कविहरुमा कुनै राजनीतिक दल नजिक नरही आजको अवस्था वर्णन गरेकै कारण उनको कविता सूचीमा परेको जनाइएको छ । ऐना र चीरहरण भने यसअघि मदन पुरस्कारका निर्णायकहरुले पनि रुचाएका कारण यसअघि नै चर्चित भैसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...