पद्म श्रीमा उत्कृष्ट पाँच
काठमाडौं- मदन पुरस्कारपछि प्रतिष्ठित र ठूलो पुरस्कार रासी रहेको पद्म श्री साहित्य पुरस्कार समितिले उत्कृष्ट ५ कृतिको नाम मनोनयन गरेको छ । २०७२ सालमा उत्कृष्ट ठहर गरिएका ती कृतिहरुको नाम गोप्य जुरी मेम्बरहरुले गरेका हुन् ।
गएको वर्ष निकै ख्याती कमाएको गैरआख्यान कृति गिरिश गिरीको ‘बिरगंज’ पद्मश्री पुरस्कारको मनोनयनमा परेको छ । त्यसैगरी कथा लेखनमा नयाँ शैली भित्राएको रामलाल जोशीको ‘ऐना’ पनि मनोनयनमा परेको छ । लेखनमा नयाँ डिजाइन भित्राउने कुमार नगरकोटीको ‘मिस्टिका’ र कविता लेखनमा उचाइ प्राप्त गरेका भूपिनको ‘सुप्लाको हवाइजहाज’ पनि यो सूचीमा अटाएको छ ।
त्यसैगरी महाभारतलाई नयाँ शैलीमा पुर्नलेखन गर्न सफल निलम कार्की ‘निहारिका’ ले पनि पद्म श्री पुरस्कारको सूचीमा आफूलाई पार्न सफल भएकी छिन् । ऐना र चीररहण यसअघि मदन पुरस्कारको सुचीमा पनि पर्न सफल भएको थियो ।
मनोनयमा परेका सबैजसो कृति आफ्नो ठाउँमा बेजोड स्थान बनाएको ठहर समीक्षकहरुले गरेका छन् । विश्वका चर्चित सहरको बायोग्राफी लेख्ने चलनलाई नपालीमा भित्राएको कारणले ‘बिरगञ्ज’ मनोनयनमा परेको हुनसक्ने चर्चित समीक्षक राम लोहनीले बताए । नोवेल पुरस्कार प्राप्त लेखक ओरान पामुकको ‘स्तानबुल’ पुस्तकपछि स्ताम्बुलमा पर्यटकहरुको संख्या ह्वात्तै पढेको थियो । संसारका प्रशिद्ध सहरहरुका बारेमा लेख्ने पुरानो चलन छ ।
पद्मश्री पुरस्कारको मनोनयनमा परेको नगरकोटीको ‘मिस्टिका’ कल्पनाशीलताको उचाईमा पुगेका कारण मनोनयनमा परेको बताइन्छ । नेपाली साहित्यमा यस किसिमको लेखन यसअघि नआएको कारण पनि निर्णायकको नजरमा परेको अनुमान समीक्षकहरुले गरेका छन् ।
यता ‘सुप्लाको हवाइजहाज’ बाट मनोनयनमा परेका कवि भूपिन कविता लेखनमा चर्चित नाम हो । समाकालीन कविहरुमा कुनै राजनीतिक दल नजिक नरही आजको अवस्था वर्णन गरेकै कारण उनको कविता सूचीमा परेको जनाइएको छ । ऐना र चीरहरण भने यसअघि मदन पुरस्कारका निर्णायकहरुले पनि रुचाएका कारण यसअघि नै चर्चित भैसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...