न्यायाधीशहरुको संसदीय सुनुवाइ प्रारम्भ

-- ?>

Sarbochha

काठमाडौं— सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको बुधवारको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित हुनुभएका न्यायाधीश दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाइ भइसकेको छ ।

बैठकमा शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची रहेको छ । सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको छ । न्याय परिषद्ले प्रस्ताव गरी सिफारिस गरेका नामहरुउपर सुनुवाइ प्रारम्भ भएको हो ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएसँगै सुनुवाइ समितिको बैठक केही समय धकेलिएकाकारण बुधवारदेखि पुन: प्रारम्भ भएको राससले जनाएको छ ।