‘क्लिक टू सपोर्ट’द्वारा पशुपति वृद्धाश्रममा सहायोग

सिड्नी स्थित परोपकारी संस्था “क्लिक टू सपोर्ट”द्वारा पशुपतिनाथ ब्रिद्दाश्रमका अनाथ असहायहरुलाई करिब एक लाख बराबरको लत्ता कपडा तथा सरसफाईका समानहरु वितरण गरेका छन् । गत जुलाइ १६ का दिन एसफिल्ड स्थीत बनिंग वेरहाउसको प्रांगणमा दिनभरी बिक्रि गरिएको बार्बिक्यु स्टलबाट बचत गरिएको १८९० डलरबाट उक्त सहयोग गरिएकको कुरा आयोजक कल्याण कंडेलले बताएका छन् । क्लिक टू सपोर्टका स्वयम्सेवकहरु कल्याण कंडेल, निराकार श्रेष्ठ, परशुराम थापा , रञ्जन श्रेष्ठ पुरै दिन बनिंग वेरहाउस बार्बिक्यु स्टलमा खानेकुरा बिक्रि वितरणमा खटेका थिए भने अरु स्वयंसेवकहरु किरण श्रेष्ठ, बिनोद लामा, महेश पन्त, सुजन श्रेष्ठ, स्वेता देवकोटा, कन्चन कुँवर, लक्ष्मी पुन र मंजिता सापकोटाले पनि उल्लेख्य समय यस फण्डरेज बार्बिक्युका लागि दिएका थिए ।
करिब २०५ बृद्दबृद्धाहरु रहेका उक्त पशुपतिस्थित वृद्धाश्रमका सबैलाइ बिस्तरा, सिरानी , साबुन, कपडा धुने सर्फ लगयत अन्य आवश्यक सरसफाईका समानहरु वितरणकालागि दिन भरि खट्नेहरुमा गंगाराम कंडेल, भारत कुमार श्रेष्ठ, बिदुर लुइँटेल, ज्योति पोख्रेल, बिबुध लुइँटेल, इन्द्रावती कंडेल, शर्मिला श्रेष्ठ, अन्जिता सापकोटा तथा मन्दिरा सापकोटा थिए । जीबनको उतारर्धमा बिबिध कारणले आफ्ना परिवारजनबाट टाढा बन्न पुगेका बृद्दबृद्धाहरुका कथा ब्यथाहरुमा सहभागी बन्दै उक्त सहयोग वितरण कार्यक्रम सम्पन्न गरेको कुरा सक्लिक टू सपोर्टले बताएको छ ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...