मकवानपुरमा विभत्स सडक दुर्घटना

-- ?>

Bus Assicdent

हेटौंडा— मकवानपुरको मनहरी–३ रमनटारमा आइतबार बिहान दुई वटा यात्रुवहाक बस एक–आपसमा जुध्दा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस तथा काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा जुध्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाबाट ६ जनाको घटनास्थलमै निधन भएको हो भने २ जनाको अस्पताल लैजाने क्रममा तथा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका घाइतेहरुमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।
आईतबार बिहान करिव साढे ३ बजे यो दुर्घटना भएको हो । मृतकमध्ये हालसम्म उदयपुरका विनोद चौधरी र सन्तोष चौधरी (२७) को मात्र पहिचान भएको छ ।
दुर्घटनामा घाइते ३१ जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइन्छ ।