डा.केसीसंगै हजारौंको जुलुस
काठमाडौं— भरखरै अनसन तोडेका डा.गोविन्द केसी शनिवार काठमाडौंको सडकमा ओर्लिएका छन् । आफू तथा सरकारबीच भएको सहमति कार्यान्वयन गराउन तथा सुशासनका लागि दवाव दिनका लागि डा. केसीसंगै हजारौंको जुलुस सडकमा ओर्लिएको हो । शनिवार माइतीघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । जुलुसमा युवाहरुको उपस्थिती उल्लेख्य देखिन्थ्यो ।
चिकित्सा क्षेत्रमा समग्र सुधारका लागि डा गोविन्द केसीसंग सरकारले गरेका सहमति शिघ्र कार्यान्वयन गर्न तथा भ्रष्टाचारका विरुद्ध सरकार र व्यवस्थापिका संसदलाई दवाव दिन उक्त जुलुस आयोजना गरिएको हो जसमा पेशाकर्मी तथा व्यवसायिकहरुको पनि ठूलो संख्या सहभागि भयो ।
जुलुशपछिको सभालाई सम्बोधन गर्दै डा. केसीले सरकारले सातौं पटक आफूसंग सहमति गरे पनि ती पुरा नभएको तथा हालैको आठौं पटकको सहमति पूरा गराउनका निम्ति निरन्तर दवाव दिनु पर्ने आवश्यकता औंल्याए । लोकतन्त्र संकटमा परेको, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा तहसनहस पारिएको, सुशासन नभएको, भ्रष्टाचार बढ्दै गएको भन्दै डा.केसीले सांसदहरु समेत यसबारे सजग हुनुपर्ने धारणा व्यक्त गरे । डा.केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन समेत माग गरे ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...