डा.केसीसंगै हजारौंको जुलुस

काठमाडौं— भरखरै अनसन तोडेका डा.गोविन्द केसी शनिवार काठमाडौंको सडकमा ओर्लिएका छन् । आफू तथा सरकारबीच भएको सहमति कार्यान्वयन गराउन तथा सुशासनका लागि दवाव दिनका लागि डा. केसीसंगै हजारौंको जुलुस सडकमा ओर्लिएको हो । शनिवार माइतीघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । जुलुसमा युवाहरुको उपस्थिती उल्लेख्य देखिन्थ्यो ।
चिकित्सा क्षेत्रमा समग्र सुधारका लागि डा गोविन्द केसीसंग सरकारले गरेका सहमति शिघ्र कार्यान्वयन गर्न तथा भ्रष्टाचारका विरुद्ध सरकार र व्यवस्थापिका संसदलाई दवाव दिन उक्त जुलुस आयोजना गरिएको हो जसमा पेशाकर्मी तथा व्यवसायिकहरुको पनि ठूलो संख्या सहभागि भयो ।
जुलुशपछिको सभालाई सम्बोधन गर्दै डा. केसीले सरकारले सातौं पटक आफूसंग सहमति गरे पनि ती पुरा नभएको तथा हालैको आठौं पटकको सहमति पूरा गराउनका निम्ति निरन्तर दवाव दिनु पर्ने आवश्यकता औंल्याए । लोकतन्त्र संकटमा परेको, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा तहसनहस पारिएको, सुशासन नभएको, भ्रष्टाचार बढ्दै गएको भन्दै डा.केसीले सांसदहरु समेत यसबारे सजग हुनुपर्ने धारणा व्यक्त गरे । डा.केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन समेत माग गरे ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...