बन्ने नै भयो बहुमतीय सरकार
काठमाडौं— निर्धारित समय भित्र मुख्य राजनीतिक दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।
संविधानको धारा २९८ को ३ अनुसार राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिनु भएको छ ।
यसअघि राष्ट्रपतिले संविधानको धारा २९८ को २ अनुसार सहमतीय सरकार गठनका लागि दिनुभएको सात दिने म्याद हिजो आइतबार गुज्रेको थियो ।
सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको पत्र सभामुखले पठेर सुुनाउनु हुनेछ ।
सोमबारकै संसद बैठकले प्रधानमन्त्री चयनको कार्यतालिका तय गर्नेछ । संसद सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता लगायतको निर्वाचन तालिका तोक्नेछ । संसद सचिवालयले पर्सि बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
राजनीतिक घटनाक्रम अन्तिम समयमा आएर परिवर्तन नभएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार देशको प्रधानमन्त्रीमा चुनिनु हुने करिव–करिव निश्चित छ ।
यता, बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउन कांग्रेस र माओवादीले गृहकार्य तीव्र पारेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...