बन्ने नै भयो बहुमतीय सरकार

काठमाडौं— निर्धारित समय भित्र मुख्य राजनीतिक दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।
संविधानको धारा २९८ को ३ अनुसार राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले जानकारी दिनु भएको छ ।
यसअघि राष्ट्रपतिले संविधानको धारा २९८ को २ अनुसार सहमतीय सरकार गठनका लागि दिनुभएको सात दिने म्याद हिजो आइतबार गुज्रेको थियो ।
सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको पत्र सभामुखले पठेर सुुनाउनु हुनेछ ।
सोमबारकै संसद बैठकले प्रधानमन्त्री चयनको कार्यतालिका तय गर्नेछ । संसद सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता लगायतको निर्वाचन तालिका तोक्नेछ । संसद सचिवालयले पर्सि बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।
राजनीतिक घटनाक्रम अन्तिम समयमा आएर परिवर्तन नभएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार देशको प्रधानमन्त्रीमा चुनिनु हुने करिव–करिव निश्चित छ ।
यता, बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउन कांग्रेस र माओवादीले गृहकार्य तीव्र पारेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...