पाथीभरा श्रद्धाश्रमका लागि अष्ट्रेलियाबाट करिब १ करोड ४० लाखको सहयोग

-- The NTA / प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
विराटनगर उपमहानगर पालिकामा बन्दै गरेको पाथीभरा श्रद्धाश्रमका लागि अष्ट्रेलियाबाट करिब १ करोड ४० लाखको सहयोगको प्रतिबद्दता आइसकेको छ ।  यस मध्ये ६२ लाख नेपाली रुपैया गत बर्ष नै अघिल्लो कार्यसमितिले नेपाल पठाइसकेको छ । एनआरएनए अस्ट्रेलियाका प्रवक्ता डा ज्ञानेन्द्र रेग्मीका अनुसार विराटनगर उप महानगरपालिका र एनआरएनए अष्ट्रेलियाले संयुक्त रुपमा निर्माण थालेको उक्त श्रद्धाश्रम निर्माण सम्पन्न गर्नका लागि बिभिन्न चरणका कार्यहरु सम्पन्न भइ सकेका छन् । दुई बर्षअघि विराटनगर नगरपालिका र एनआरएनए  अष्ट्रेलियाबिच बृद्धाश्रम बनाउने सहमति भएको थियो । 1पाथीभरा श्रद्धाश्रम नाम दिइएको उक्त परियोजना निर्माणका लागि विराटनगर नगरपालिकाले जग्गा उपलब्द्ध गराउने र एनआरएनए अस्ट्रलियाले भवन निर्माणार्थ १ करोड ६६ लाख रुपैयाँ तथा सन्चालनको लागि १ करोडको अक्षय कोष  खडा गर्ने गरी २ करोड ६६ लाख उपलब्ध गराउने  सहमती भएको थियो ।
विराटनगर नगरपालिका ११ नम्बरमा डेढ विघाहा जमिनमा बन्दै गरेको २५ कोठे श्रद्धाश्रमको पहिलो तल्ला निर्माण अन्तिममा पुगेको र अरु एक तल्ला आगामी बर्षभित्रमा निर्माण गरेर यथाशिघ्र सञ्चालन गरिने जानकारी गराइएको छ । अशक्त, आर्थिक स्थिति कमजोर भएका र परिवारबाट अपहेलित बृद्धबृद्धाहरुलाई प्राथमिकताका साथ सेवा दिने उद्देश्यले यस परियोजना निर्माण भएको थियो । बिगत ३ महिना देखि यस परियोजनालाई सहयोग जुटाउने अभियानमा ७ जना दाताहरुले जनही एक कोठा बनाउने प्रतिबद्दता आईसकेको छ । जस अनुसार ११ लाख सहयोग गर्नेमा मुकेश रेग्मी, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका तर्फबाट सञ्जीव शर्मा र बद्री अर्याल, १० लाख सहयोग गर्नेहरुमा न्युसाउथवेल्सबाट महावाणिज्यदूत दिपक खड्का,  भवानी ओली र परिवार, प्रदिप ढकाल, रमेश पाण्डे हुनुहुन्छ भने वेष्टर्न अष्ट्रेलियाबाट भैरव ढकाल रहनुभएको छ ।
एनआरएनए अस्ट्रेलिया न्यु साउथ वेल्स राज्यले आफ्नो वार्षिक कार्यक्रम मनाउदै गत जुलाई २९ मा  पाथिभरा श्रद्धाश्रम च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ । कारीब २५० जनाको उपस्थिती उक्त कार्यक्रममा एनआरएनए अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य संयोजक दिनेश पोखरेलले  समितिको १ बर्षको कार्यक्रमको समिक्षा गर्नु भएको थियो भने एनआरएनए अध्यक्ष  सुरेन्द्र सिग्देलले एनआरएन अष्ट्रेलिया अन्तर्गतका राज्य समितिले गरेका यी र यस्तै खाले सबै कार्यहरुले समग्रमा एनआरएन अष्ट्रेलियाले गरेको प्रतिबद्दता सफल पर्न सहयोग हुने भन्दै यसमा लाग्नुहने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाले एक वर्षको एनआरएन अष्ट्रेलियाका कार्यहरु पनि बुँदागत रुपमा राख्नुभएको थियो ।
2उक्त च्यारिटी डिनर कार्यक्रममा स्वइच्छाले यस परोपकारी काममा धेरै जनाले सहयोग गर्ने प्रतिबद्दता देखाउनु भएको थियो जस अनुसार एक लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता ३७ जनाले जनाउनुभएको थियो।  यसरि एक लाख भन्दा बढी सहयोगको प्रतिबद्दता जनाउनेहरुमा दिनेश पोखरेल, डा. ज्ञानेन्द्र रेग्मी र रिना रेग्मी, दिपक भट्टराई र तृप्ती भट्टराई, भुपाल सिटौला, हरि राम्जाली, दिपक खनाल, उमेश पोखरेल, कोमल खतिवडा, डा. प्रविन पाठक, होम पाण्डे, निर्मल केसी, राजन सिटौला, सन्तोष पाठक, रविन्द्रकुमार शर्मा, युवराज भट्टराई, एविके लयर्स, सन्दीप खनाल, राजेन्द्र श्रेष्ठ, डिला खरेल, सन्तोष सिटौला, प्रविन चौहान, समिम अनवर, मेघराज पौडेल, ईन्द्रा वन, रमेश थापा, डा. आदित्य मल्लिक, डा. शमशेरसिंह थापा, विष्णु हमाल, भीम खरेल र प्रकाश खरेल, धर्मराज अधिकारी, राज खनाल, दिनेश पहारी, बाबुराम पोखरेल, गोबा कटुवाल, भरत पन्त, निरञ्जन प्रसाई र राजन भेटवाल हुनुहुन्छ । यसरी १० लाख भन्दा बढी सहोयोगको प्रतिबद्दता गर्ने दाताहरुलाई सोहि दिन प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो भने अन्य सहयोगीहरुलाई समेत टोकन अफ लभका साथ खादा ओढाएर धन्यवाद ज्ञापन गरिएको थियो ।एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञनेन्द्र रेग्मी र  न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाले संयुक्त रुपमा सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अथितिको रुपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का र एनआरएनए संरक्षक ईन्द्रा वनको अतिथीको रुपमा सहभागी हुनु हुन्थ्यो।  नेपाल र अस्ट्रलियाको रास्ट्रिय धुनबाट सुरु गरिएको उक्त कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा र मञ्जु पौडेलको आकर्षक प्रस्तुति रहेको थियो भने हाँस्य कलाकार भुपेन्द्र चुडालको मनोरन्जनात्मक प्रस्तुति रहेको थियो । त्यस्तै भीमसेन सापकोटाले कार्यक्रममा निक्कै ओज पूर्ण मोटिभेसनल प्रस्तुति दिनु भएको थियो । एनआरएन न्यूसाउथवेल्सका सदस्य निजन चौलागाईंको संयोजनमा संपन्न यस च्यारिटी डिनर कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनए आइसीसी सदस्यहरु धर्म अधिकारी, प्रकाश जी सी, एनआरएनका पूर्वअध्यक्ष ध्रुव सुवेदी र महेन्द्र ओली, पूर्वक्षेत्रीय संयोजक विष्णु हमाल लगायत एनआरएन अष्ट्रेलियाका पदाधिकारी, एनआरएन न्यूसाउथवेल्सका पदाधिकारी र अन्य नेपाली समूदायका अगुवाहरु सहभागी हुनुहुन्थ्यो ।
बिगत ३ महिना देखिको यस अभियानमा ७ जना दाताहरुको तर्फ बाट जनही एक कोठा बनाउने प्रतिबद्दता अनुसार ७२ लाख तथा च्यारिटी डिनर कै दिन करिब ४० लाख प्रतिबद्दता गरि करिब  १ करोड ११ लाख प्रतिबद्दता बाहेक  क्वीन्स्ल्यान्डको कार्यक्रमबाट करिब १८ लाख उठिसकेको छ । यसरी प्रतिबद्दता आएका सबै सहयोग रकम अबको ३ महिना भित्र उठाएर पठाइसक्ने लक्ष्य रखिएको पनि कार्यक्रममा जानकारी दिइयो । यसै गरि यस परियोजनाका संयोजक रमेश पाण्डेका अनुसार अन्य स्टेटहरुमा पनि यस्तै च्यारिटी कार्यक्रम मार्फत थप सहयोग संकलनलाई अगाडी बढाईनेछ जस अनुसार मेलबर्नमा अगस्तको दोस्रो साता  त्यस पश्चात पर्थमा कार्यक्रम गरिनेछ ।