पाथीभरा श्रद्धाश्रमका लागि अष्ट्रेलियाबाट करिब १ करोड ४० लाखको सहयोग

पाथीभरा श्रद्धाश्रम नाम दिइएको उक्त परियोजना निर्माणका लागि विराटनगर नगरपालिकाले जग्गा उपलब्द्ध गराउने र एनआरएनए अस्ट्रलियाले भवन निर्माणार्थ १ करोड ६६ लाख रुपैयाँ तथा सन्चालनको लागि १ करोडको अक्षय कोष खडा गर्ने गरी २ करोड ६६ लाख उपलब्ध गराउने सहमती भएको थियो ।
उक्त च्यारिटी डिनर कार्यक्रममा स्वइच्छाले यस परोपकारी काममा धेरै जनाले सहयोग गर्ने प्रतिबद्दता देखाउनु भएको थियो जस अनुसार एक लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता ३७ जनाले जनाउनुभएको थियो। यसरि एक लाख भन्दा बढी सहयोगको प्रतिबद्दता जनाउनेहरुमा दिनेश पोखरेल, डा. ज्ञानेन्द्र रेग्मी र रिना रेग्मी, दिपक भट्टराई र तृप्ती भट्टराई, भुपाल सिटौला, हरि राम्जाली, दिपक खनाल, उमेश पोखरेल, कोमल खतिवडा, डा. प्रविन पाठक, होम पाण्डे, निर्मल केसी, राजन सिटौला, सन्तोष पाठक, रविन्द्रकुमार शर्मा, युवराज भट्टराई, एविके लयर्स, सन्दीप खनाल, राजेन्द्र श्रेष्ठ, डिला खरेल, सन्तोष सिटौला, प्रविन चौहान, समिम अनवर, मेघराज पौडेल, ईन्द्रा वन, रमेश थापा, डा. आदित्य मल्लिक, डा. शमशेरसिंह थापा, विष्णु हमाल, भीम खरेल र प्रकाश खरेल, धर्मराज अधिकारी, राज खनाल, दिनेश पहारी, बाबुराम पोखरेल, गोबा कटुवाल, भरत पन्त, निरञ्जन प्रसाई र राजन भेटवाल हुनुहुन्छ । यसरी १० लाख भन्दा बढी सहोयोगको प्रतिबद्दता गर्ने दाताहरुलाई सोहि दिन प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो भने अन्य सहयोगीहरुलाई समेत टोकन अफ लभका साथ खादा ओढाएर धन्यवाद ज्ञापन गरिएको थियो ।एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञनेन्द्र रेग्मी र न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाले संयुक्त रुपमा सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अथितिको रुपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का र एनआरएनए संरक्षक ईन्द्रा वनको अतिथीको रुपमा सहभागी हुनु हुन्थ्यो। नेपाल र अस्ट्रलियाको रास्ट्रिय धुनबाट सुरु गरिएको उक्त कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा र मञ्जु पौडेलको आकर्षक प्रस्तुति रहेको थियो भने हाँस्य कलाकार भुपेन्द्र चुडालको मनोरन्जनात्मक प्रस्तुति रहेको थियो । त्यस्तै भीमसेन सापकोटाले कार्यक्रममा निक्कै ओज पूर्ण मोटिभेसनल प्रस्तुति दिनु भएको थियो । एनआरएन न्यूसाउथवेल्सका सदस्य निजन चौलागाईंको संयोजनमा संपन्न यस च्यारिटी डिनर कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनए आइसीसी सदस्यहरु धर्म अधिकारी, प्रकाश जी सी, एनआरएनका पूर्वअध्यक्ष ध्रुव सुवेदी र महेन्द्र ओली, पूर्वक्षेत्रीय संयोजक विष्णु हमाल लगायत एनआरएन अष्ट्रेलियाका पदाधिकारी, एनआरएन न्यूसाउथवेल्सका पदाधिकारी र अन्य नेपाली समूदायका अगुवाहरु सहभागी हुनुहुन्थ्यो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...