भोलि हुँदैछ नयाँ प्रधानमन्त्रीको चयन

काठमाडौं— राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि व्यवस्थापिका संसदमा भोलि बुधबार प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयसीमाभित्र पनि दलहरूले सहमति जुटाउन नसकेपछि बहुमतीय सरकार गठनका लागि निर्वाचन हुन लागेको हो ।
राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । संसदमा रहेका दलहरूबीच सहमति जुट्न नसकेपछि हिजो सोमबार पुन: बहुमतीय सरकार गठनका लागि आह्वान गरेपछि प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।
हिजो सोमबार बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि साउन १९ गते अर्थात भोलि बुधवार बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको छ ।
सभामुख घर्तीले निर्वाचनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभएको थियो । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका लागि आज मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् । आज साँझ साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।
बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि कांग्रेस, माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अगाडि सारिएको छ । प्रधानमन्त्री निर्वाचनमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई अगाडि सार्ने तयारी गरेको छ तर उपनेता नेम्वाङले पार्टीले निर्णय नगरिसकेको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...