भारतसंग सम्बन्ध सुधारिएको प्रधानमन्त्रीको दावी

काठमाडौं— भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य अनुसार दुई देशबीचको सम्बन्ध सुधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार राति भ्रमण दलका सदस्यहरुसंग आफ्नो भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले भारतसंग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसंगको राजनीतिक सम्बन्ध पुन: स्थापित भएको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको बताए ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताएका थिए । छ दिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसंगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसागको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ ।
दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुन:निर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिएको जानकारी दिएका छन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राखेका छन् ।
यसैबीच प्रधानमन्त्री प्रधानमन्त्री ओलीले आज आइतबार विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्रौ जलविद्युत् बाँधको अवलोकन गर्ने भएका छन् । प्रधानमन्त्री ओली आइतबारै नयाँदिल्ली फर्केर त्यहाँस्थित राजनीतिक दलका नेतासंगको भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आइतबार दिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसाग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



