‘भेडी गोठैमा…’ मार्फत आयो कन्दरा
काठमाडौं— सांगीतिक समुह ‘कन्दरा’ आफ्नो पुरानो छवि झल्काउने गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । लोकलयमा आधारित गीतहरु गाएर स्रोता तथा दर्शकको मन जित्न सफल ‘कन्दरा’ ले यसपटक ‘भेडी गोठैमा…’ गीतमार्फत दर्शकको मन जित्न खोजेको हो ।
विगतमा थुप्रै लोकप्रिय गीत–संगीत पस्किसकेको यो ब्याण्डले केही महिनाअघि आफ्नो सोलो एल्बम ‘कन्दरा–५’ स्रोतामाझ ल्याएको थियो । त्यही एल्बममा समावेश एउटा कर्णप्रिय गीतको म्युजिक भिडियोलाई ब्याण्डले यसै साता सार्वजनिक गरेको छ ।
पोखराको प्रतिनिधित्व गर्ने यो ब्याण्डले यतिबेला आफ्नो पुरानो छविलाई कायम राख्दै ‘भेडी गोठैमा…’ शीर्षकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डका गायक विवेक श्रेष्ठको स्वरको यो गीतका शब्दहरु कवि सरु भक्तले रचना गरेका हुन् । भूषण दाहालले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् । धीरजजंग शाहद्वारा मुस्ताङका रमणीय लोकेशनमा छायांकन गरिएको छायांकन गरिएको यो भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ, राजु तथा एसआर गुरुङले अभिनय गरेका छन् । भरत रेग्मी यो भिडियोका सम्पादक हुन् ।
यस्तो छ भेडीगोठै…को भिडियो :
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...