‘भेडी गोठैमा…’ मार्फत आयो कन्दरा

काठमाडौं— सांगीतिक समुह ‘कन्दरा’ आफ्नो पुरानो छवि झल्काउने गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । लोकलयमा आधारित गीतहरु गाएर स्रोता तथा दर्शकको मन जित्न सफल ‘कन्दरा’ ले यसपटक ‘भेडी गोठैमा…’ गीतमार्फत दर्शकको मन जित्न खोजेको हो ।
विगतमा थुप्रै लोकप्रिय गीत–संगीत पस्किसकेको यो ब्याण्डले केही महिनाअघि आफ्नो सोलो एल्बम ‘कन्दरा–५’ स्रोतामाझ ल्याएको थियो । त्यही एल्बममा समावेश एउटा कर्णप्रिय गीतको म्युजिक भिडियोलाई ब्याण्डले यसै साता सार्वजनिक गरेको छ ।
पोखराको प्रतिनिधित्व गर्ने यो ब्याण्डले यतिबेला आफ्नो पुरानो छविलाई कायम राख्दै ‘भेडी गोठैमा…’ शीर्षकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । ब्याण्डका गायक विवेक श्रेष्ठको स्वरको यो गीतका शब्दहरु कवि सरु भक्तले रचना गरेका हुन् । भूषण दाहालले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् । धीरजजंग शाहद्वारा मुस्ताङका रमणीय लोकेशनमा छायांकन गरिएको छायांकन गरिएको यो भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ, राजु तथा एसआर गुरुङले अभिनय गरेका छन् । भरत रेग्मी यो भिडियोका सम्पादक हुन् ।
यस्तो छ भेडीगोठै…को भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...