संसदमा सम्बोधन गर्दै प्रचण्ड

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक्लो उम्मेदवार हुनु सन्तोषजक भएपनि प्रमुख दलहरु विभाजित भएकाले आफू धेरै खुसी नभएको बताएका छन् । अहिले व्यवस्थापिका संसदमा भाषण गर्दै प्रचण्डले केपी शर्मा ओलीको सरकारले अघि बढाएका कामहरुलाई निरन्तरता दिने दावी गरेका छन् ।
संसदमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नबने पनि मुद्धाहरुमा सहमति कायम गरेर जान सक्ने बताएका छन् । ‘यदि म प्रधानमन्त्री भएमा मेरो तर्फबाट विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु, उनले भनेका छन् ।
यसैबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ । बुधबार बिहान संसद भवन नयाँ बानेश्वर हाताभित्र भएको तीन दलका शीर्ष नेताबीच बसेको बैठकले तीन बुँदे सहमति गरेको हो । तीन बुँदामा सहमति गरेसँगै मधेसी मोर्चाले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाललाई भोट दिने भएको छ । सहमति भएसँगै संसद पनि सुरु भएको छ । ११ बजे बोलाइएको बैठक करिव डेढ घण्टा ढिलो सुरु भएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच सहमति गर्न ढिलाई हुँदा संसद बैठक ढिला सुरु भएको हो ।
नेपाली कांग्रेस, माओवादी र संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमति
1. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका-संसदमा प्रस्तुत गर्ने ।
2. सरकार गठन भए लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुबारे सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्व न्यायधीशको अध्यक्षतामा उत्तस्तरीय छानविन आयोग गठन गर्ने । उक्त आन्दोलनको क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्दै सहीद घोषणा गर्ने, पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइते भएकाहरुलाई सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने । गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहाइ गर्ने र लगाइएका मुद्धाहरु सरकारले खारेज तथा फिर्ता लिने ।
3. आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमति अनुसार व्यवस्थापिका संसदमा विसं २०७३ श्रावण १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष माननीय पुष्पकमल दाहाल (प्रचण्ड) पक्षमा मतदान गर्ने ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...