एनआरएनए अस्ट्रेलियाबाट सहयोगको अपिल

वर्षा याम संगै यति बेला नेपाल बाढी पहिरोको प्राकृतिक प्रकोपको मारमा परेको छ । सधै झैँ बिदेश बसेका र सानो ठुलो सहयोग गर्ने सक्ने हामी सबै नेपालीहरु फेरि एक पटक आ-आफ्नो ठाउँबाट मन फुकाएर सहयोग जुराएर समस्यामा रहेकाहरुलाई सहयोग गर्नु पर्ने बेला आएको छ । आ आफ्नो क्षेत्र, समुदायबाट सहयोगी हातहरु बढ्ने क्रममा गैर आबासीय नेपाली संघ अस्ट्रेलिया हालै एक सार्बजनिक आह्वान मार्फत सबैलाई यो दुखद घडीमा मन फुकाउन अनुरोध गरेको छ ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले हालै सामाजिक संजाल मार्फत यस्तो अनुरोध गर्नु भएको हो । आफुले सकेको सहयोग गर्न र यो सन्देश सामाजिक संजाल, मिडियाहरु र आफु नजिकका सबै नेपाली दाजु-भाई दिदि-बैनीहरु सम्म पुराइदिन पनि सिग्देलले अनुरोध गर्नु भएको छ । हाल सम्म करिब १०० जानको ज्यान नै गइ सकेको, हजारौ घाइते र करडौको भौतिक संरचना नष्ट भइ सकेको यो प्राकृतिक प्रकोप संग जुध्न सुरुमा चाहिने तातो लुगा, तातो खाना र ओत लाग्ने ठाउँ पहिलो आबश्यकता हो । देशमा कार्यरत सरकारी एबं गैर सरकारी संस्थाहरुको कार्यलाई सरहाना गर्दै एनआरएनए अस्ट्रेलियाले यथा सक्य छिटो सहयोग संकलन गर्ने यस अभियानमा सबैको सहोयोगको अपेक्षा गर्दै उल्लेखित खातामा आफ्नो सहयोग रकम दाखिल गरिदिनु हुन सबै मनकारी परोपकारी दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गरेको छ।
Account Name: NRNA Australia
BSB: 032006
ACC No: 307 982
Bank: Westpac
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...