एनआरएनए अस्ट्रेलियाबाट सहयोगको अपिल
वर्षा याम संगै यति बेला नेपाल बाढी पहिरोको प्राकृतिक प्रकोपको मारमा परेको छ । सधै झैँ बिदेश बसेका र सानो ठुलो सहयोग गर्ने सक्ने हामी सबै नेपालीहरु फेरि एक पटक आ-आफ्नो ठाउँबाट मन फुकाएर सहयोग जुराएर समस्यामा रहेकाहरुलाई सहयोग गर्नु पर्ने बेला आएको छ । आ आफ्नो क्षेत्र, समुदायबाट सहयोगी हातहरु बढ्ने क्रममा गैर आबासीय नेपाली संघ अस्ट्रेलिया हालै एक सार्बजनिक आह्वान मार्फत सबैलाई यो दुखद घडीमा मन फुकाउन अनुरोध गरेको छ ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले हालै सामाजिक संजाल मार्फत यस्तो अनुरोध गर्नु भएको हो । आफुले सकेको सहयोग गर्न र यो सन्देश सामाजिक संजाल, मिडियाहरु र आफु नजिकका सबै नेपाली दाजु-भाई दिदि-बैनीहरु सम्म पुराइदिन पनि सिग्देलले अनुरोध गर्नु भएको छ । हाल सम्म करिब १०० जानको ज्यान नै गइ सकेको, हजारौ घाइते र करडौको भौतिक संरचना नष्ट भइ सकेको यो प्राकृतिक प्रकोप संग जुध्न सुरुमा चाहिने तातो लुगा, तातो खाना र ओत लाग्ने ठाउँ पहिलो आबश्यकता हो । देशमा कार्यरत सरकारी एबं गैर सरकारी संस्थाहरुको कार्यलाई सरहाना गर्दै एनआरएनए अस्ट्रेलियाले यथा सक्य छिटो सहयोग संकलन गर्ने यस अभियानमा सबैको सहोयोगको अपेक्षा गर्दै उल्लेखित खातामा आफ्नो सहयोग रकम दाखिल गरिदिनु हुन सबै मनकारी परोपकारी दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गरेको छ।
Account Name: NRNA Australia
BSB: 032006
ACC No: 307 982
Bank: Westpac
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...