यी हुन् नयाँ पाँच मन्त्री

काठमाडौं— नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहणसंगै आज बिहिबार नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने निश्चित भएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने निश्चित भएको हो । निधिले गृह मन्त्रालय सम्हाल्ने बताइन्छ । निधिसहित कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले रक्षा तथा रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको हो ।
यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालसंगै कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतले शपथ लिने बताइन्छ । प्रवक्ता पम्फा भुसालले पार्टीबाट मन्त्री हुनेको टुंगो केही बेरमै लाग्ने जानकारी दिएकी छन् ।
कांग्रेस र माओवादी केन्द्रसहितका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा कांग्रेसले १३ तथा माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ ।
साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको संख्यामा थपघट हुनसक्ने बताइएको राससले जनाएको छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...