प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, छ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं— नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज बिहिबार पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले देश र जनातको नाममा सपथ लिनु भयो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरु र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो । सपथ ग्रहणपछि प्रधानमन्त्री दाहाललाई सबैलाई बधाई दिनु भयो ।
व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनबाट दाहाल प्रधानमन्त्री निर्वाचित हुनु भएको हो । प्रधानमन्त्रीको सपथपछि उपप्रधानमन्त्री बिमलेन्द्र निधी तथा कृष्णबहादुर महराले पनि सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नै दुवैजना उपप्रधानमन्त्रीलाई सपथ गराउनुभएको हो ।
उपप्रधानमन्त्रीपछि मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी तथा दलजित श्रीपालीले पनि सपथ लिनुभयो ।
कांग्रेसबाट बिमलेन्द्र निधि, रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, गौरिशंकर चौधरी तथा दलजित श्रीपाली पहिलो चरणमा मन्त्रिमण्डलका सदस्य हुनभएको हो ।
नेकपा माओवादी केन्द्रले महरालाई उपप्रधानसहित अर्थ, श्रीमालीलाई युवा तथा खेलकुद र चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
योसंगै मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।
नेपाली काँग्रेसबाट सिफारिस गरिएका अर्जुन नरसिंह केसीले भने सपथ ग्रहण समारोह बहिष्कार गर्नु भएको छ । गृह मन्त्रालय नपाएकोमा उहाँले आपत्ति जनाउनु भएको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...