प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, छ सदस्यीय मन्त्रिमण्डल

काठमाडौं— नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज बिहिबार पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले देश र जनातको नाममा सपथ लिनु भयो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरु र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो । सपथ ग्रहणपछि प्रधानमन्त्री दाहाललाई सबैलाई बधाई दिनु भयो ।
व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनबाट दाहाल प्रधानमन्त्री निर्वाचित हुनु भएको हो । प्रधानमन्त्रीको सपथपछि उपप्रधानमन्त्री बिमलेन्द्र निधी तथा कृष्णबहादुर महराले पनि सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नै दुवैजना उपप्रधानमन्त्रीलाई सपथ गराउनुभएको हो ।
उपप्रधानमन्त्रीपछि मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी तथा दलजित श्रीपालीले पनि सपथ लिनुभयो ।
कांग्रेसबाट बिमलेन्द्र निधि, रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा, गौरिशंकर चौधरी तथा दलजित श्रीपाली पहिलो चरणमा मन्त्रिमण्डलका सदस्य हुनभएको हो ।
नेकपा माओवादी केन्द्रले महरालाई उपप्रधानसहित अर्थ, श्रीमालीलाई युवा तथा खेलकुद र चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
योसंगै मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।
नेपाली काँग्रेसबाट सिफारिस गरिएका अर्जुन नरसिंह केसीले भने सपथ ग्रहण समारोह बहिष्कार गर्नु भएको छ । गृह मन्त्रालय नपाएकोमा उहाँले आपत्ति जनाउनु भएको बताइन्छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...