आजदेखि नेवि संघको महाधिवेशन

काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को ११औं महाधिवेशन काठमाडौंमा प्रारम्भ भएको छ । करिव नौ वर्षपछि नेवि संघले महाधिवेशन आयोजना गरेको हो । संघको १०औं महाधिवेशन २०६४ जेठमा चितवनमा भएको थियो ।
आज आइतबार दिउँसो १ बजेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा तीन दिने यो महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन सत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिसहितका शीर्ष नेताले सम्वोधन गर्ने कार्यक्रम छ । यसका साथै विभिन्न क्रियाशील विद्यार्थी संघठनका नेताहरुले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम छ ।
महाधिवेशनमा देशभरीका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिव तीन हजार ४ सय प्रतिनिधिले भाग लिादैछन् । महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको नेवि संघले जनाएको छ ।
नेपाली कांग्रेसको आन्तरिक जीवनलाई समेत महाधिवेशनले नयाँ गति दिने हुँदा यसलाई पार्टी नेतृत्व तथा आम सर्वसाधारणले उत्सुकतापूर्वक नियालिरहेका छन् । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा सीमित हुने । भोलि सोमबार बन्द शत्र तथा पर्सी मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।
बन्द शत्रमा संघका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा सांगठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...