आजदेखि नेवि संघको महाधिवेशन

काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को ११औं महाधिवेशन काठमाडौंमा प्रारम्भ भएको छ । करिव नौ वर्षपछि नेवि संघले महाधिवेशन आयोजना गरेको हो । संघको १०औं महाधिवेशन २०६४ जेठमा चितवनमा भएको थियो ।
आज आइतबार दिउँसो १ बजेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा तीन दिने यो महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन सत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिसहितका शीर्ष नेताले सम्वोधन गर्ने कार्यक्रम छ । यसका साथै विभिन्न क्रियाशील विद्यार्थी संघठनका नेताहरुले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम छ ।
महाधिवेशनमा देशभरीका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिव तीन हजार ४ सय प्रतिनिधिले भाग लिादैछन् । महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेको नेवि संघले जनाएको छ ।
नेपाली कांग्रेसको आन्तरिक जीवनलाई समेत महाधिवेशनले नयाँ गति दिने हुँदा यसलाई पार्टी नेतृत्व तथा आम सर्वसाधारणले उत्सुकतापूर्वक नियालिरहेका छन् । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा सीमित हुने । भोलि सोमबार बन्द शत्र तथा पर्सी मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।
बन्द शत्रमा संघका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा सांगठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...