अमेरिकी दूतावासले काठमाडौँमा क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनलाई सहयोग गर्ने

अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आगामी भदौमा काठमाडौँमा नेपालको हालसम्मकै ठूलो क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० भन्दा बढी प्रतिनिधिहरू भेला भई क्षेत्रीय आर्थिक एकीकरण, जलवायु परिवर्तन र न्युकलियर नन-प्रोलिफेरेसन लगायतका विविध विषयहरूमा छलफल गर्नेछन् । यसका अतिरिक्त विश्वविद्यालय स्तरीय उक्त राष्ट्रसंघीय अनुकरण अभ्यासले सहभागी विद्यार्थी प्रतिनिधिहरूको नेतृत्व क्षमताका साथै द्वन्द्व समाधान र वक्तृत्वकलासम्बन्धी सीपहरू अभिवृद्धि गर्नेछ ।
“अमेरिकी दूतावासलाई क्षेत्रीय स्तरको यस नमूना राष्ट्रसंघीय सम्मेलनको हिस्सा बन्न पाउँदा खुशी लागेको छ, जसले दक्षिण तथा मध्य एसियाका विद्यार्थीहरूलाई एक ठाउँमा भेला गराउनेछ,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भन्नुभयो । “विद्यार्थीकालमा म आफै सहभागी भएको हुँदा मलाई आफ्नै अनुभवबाट के थाहा छ भने नमूना राष्ट्रसंघ युवाहरूका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा लोकतन्त्रको महत्त्वका विषयमा जान्नका लागि एक सशक्त माध्यम हो ।”
नमूना राष्ट्रसंघ
अङ्ग्रेजीमा अनौपचारिक रूपमा संक्षेपीकरण गरी मोडल युएन वा एमयुएन भनिने नमूना राष्ट्रसंघ संयुक्त राष्ट्रसंघको शैक्षिक अनुकरण हो, जसले सहभागी विद्यार्थीहरूलाई नागरिक शिक्षा, प्रभावकारी सञ्चार तथा बहुपक्षीय कूटनीतिका विषयमा शिक्षित बनाउँछ । नमूना राष्ट्रसंघीय सम्मेलनमा विद्यार्थीहरूले खास राष्ट्रसंघीय समितिहरूमा कार्यरत विभिन्न मुलुकका प्रतिनिधिहरूको भूमिकामा अभिनय गर्दछन् । आफूले प्रतिनिधित्व गर्ने मुलुकका वास्तविक हित र नीतिगत धारणाका आधारमा सहभागीहरूले विषयवस्तुहरूसम्बन्धी अध्ययन-अनुसन्धान गर्दछन् र सहमतिका धारणा तय गर्दछन् ।
वैचारिक युवा समाज
सन् २०१४ मा स्थापित वैचारिक युवा समाज युवाहरूद्वारा सञ्चालित एक गैरमुनाफामूलक, गैरसरकारी तथा गैरराजनीतिक संस्था हो । वैचारिक युवा समाजको ध्येय सक्रिय सहभागिता तथा संलग्नताको माध्यमबाट युवाहरूका लागि नेतृत्व विकास प्रदान गर्नु हो । बौद्धिक तथा अन्तरक्रियात्मक कार्यक्रमहरूको सहजीकरण तथा आयोजना गर्दै यसले युवालाई सशक्त बनाउने लक्ष्य लिएको छ । वैचारिक युवा समाजले सन् २०१४ देखि एभरेष्ट इन्टरनेशनल मोडल युएन कन्फरेन्सको नेतृत्व गर्दै आइरहेको छ ।
सोधपुछका लागि वैचारिक युवा समाजलाई info@ytsnepal.org वा ९८४१९६९७२७ मार्फत सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...