दुर्घटनामा पर्यो फिस्टेल एयरको हेलिकप्टर

काठमाडौं— गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । फिष्टेल एयरको नाइन एकेए कलसाइन रहेको हेलिकप्टर नुवाकोटको मदानपुर गाविसको पोखरे-९ मा दुर्घटना भएको हो ।
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले कटनास्थलमा धुवाँको मुस्लो देखिए पनि घटनाबारे थप जानकारी आउन नसकेको जानकारी दिएका छन् । ककनीबाट घटनास्थल २० किलो मिटरको दुरीमा रहेकाले पूर्ण जानकारी आउन नसकेको पोखरेलले बताएका छन् । मदानपुर गाविसको पोखरे ९ मा भएको दुर्घटनास्थलमा नजिकैको प्रहरी र सेना गइसकेकोले केही समयपछि घटनाबारे थप जानकारी आउने अनुमान गरिएको छ ।
अहिले फिष्टेल एयरको अर्को हेलिकप्टर खोजीका लागि गएको छ ।
घटनास्थलमा संचार सम्पर्क सहज नभएकाले पनि थप जानकारी आउन नसकेको र संचार सेटबाट मात्रै जानकारी लिइरहेको छ । गोरखाबाट काठमाडौं आउँदै गरेको उक्त हेलिकप्टरमा पाँचजना यात्रु रहेको हेलिकोप्टर ककनीसम्म आउँदा विमानस्थल टावरमा सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएको थियो ।
अर्को एउटा समाचारमा जनाइए अनुसार दुर्घटनाग्रस्त उक्त हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए । धाइजन-६, पिपलडाँगी, झापाका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए । को-पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए । २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन् । दुई दाजुभाइ मध्ये कान्छो छोरा लिम्बुका सबै परिवार बेलायतमै बस्छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...