दुर्घटनामा पर्यो फिस्टेल एयरको हेलिकप्टर

काठमाडौं— गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । फिष्टेल एयरको नाइन एकेए कलसाइन रहेको हेलिकप्टर नुवाकोटको मदानपुर गाविसको पोखरे-९ मा दुर्घटना भएको हो ।
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले कटनास्थलमा धुवाँको मुस्लो देखिए पनि घटनाबारे थप जानकारी आउन नसकेको जानकारी दिएका छन् । ककनीबाट घटनास्थल २० किलो मिटरको दुरीमा रहेकाले पूर्ण जानकारी आउन नसकेको पोखरेलले बताएका छन् । मदानपुर गाविसको पोखरे ९ मा भएको दुर्घटनास्थलमा नजिकैको प्रहरी र सेना गइसकेकोले केही समयपछि घटनाबारे थप जानकारी आउने अनुमान गरिएको छ ।
अहिले फिष्टेल एयरको अर्को हेलिकप्टर खोजीका लागि गएको छ ।
घटनास्थलमा संचार सम्पर्क सहज नभएकाले पनि थप जानकारी आउन नसकेको र संचार सेटबाट मात्रै जानकारी लिइरहेको छ । गोरखाबाट काठमाडौं आउँदै गरेको उक्त हेलिकप्टरमा पाँचजना यात्रु रहेको हेलिकोप्टर ककनीसम्म आउँदा विमानस्थल टावरमा सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएको थियो ।
अर्को एउटा समाचारमा जनाइए अनुसार दुर्घटनाग्रस्त उक्त हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए । धाइजन-६, पिपलडाँगी, झापाका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए । को-पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए । २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन् । दुई दाजुभाइ मध्ये कान्छो छोरा लिम्बुका सबै परिवार बेलायतमै बस्छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...