दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन

काठमाडौं- गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै ७ जना यात्रुको निधन भएको छ ।
नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा दुर्घटना हुँदा सबैको मृत्यु भएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले पुष्टि गर्नु भएको छ ।
ककनीबाट पुगेको प्रहरी टोलीले दिएको जानकारी अनुसार शव यत्रतत्र छरिएको अवस्थामा रहेको पोखरेलले बताउनु भएको छ ।
गोरखाको सिर्दिवास ८ फिलिमबाट साढे ११ बजेतिर उडेको नाइनएन एकेए साइन भएको हेलिकप्टर सवा १२ बजेपछि नुवाकोटको आकासबाट सम्पर्क विहिन भएको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार हेलिकप्टरमा पाईलट रञ्जन लिम्बु, सिर्दिबास २ का ६० बर्षीय जितमान गुरुङ, ५६ बर्षीय अन्जनी गुरुङ, १९ बर्षीया प्रिति गुरुङ, लक्ष्मी गुरुङ, इटहरीकी निशा तामाङ र ५ दिनका शिशु रहेका छन् ।
तामाङवाहेक अरु सबै यात्रु एकै परिवारका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...