दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन

काठमाडौं- गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै ७ जना यात्रुको निधन भएको छ ।
नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा दुर्घटना हुँदा सबैको मृत्यु भएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले पुष्टि गर्नु भएको छ ।
ककनीबाट पुगेको प्रहरी टोलीले दिएको जानकारी अनुसार शव यत्रतत्र छरिएको अवस्थामा रहेको पोखरेलले बताउनु भएको छ ।
गोरखाको सिर्दिवास ८ फिलिमबाट साढे ११ बजेतिर उडेको नाइनएन एकेए साइन भएको हेलिकप्टर सवा १२ बजेपछि नुवाकोटको आकासबाट सम्पर्क विहिन भएको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार हेलिकप्टरमा पाईलट रञ्जन लिम्बु, सिर्दिबास २ का ६० बर्षीय जितमान गुरुङ, ५६ बर्षीय अन्जनी गुरुङ, १९ बर्षीया प्रिति गुरुङ, लक्ष्मी गुरुङ, इटहरीकी निशा तामाङ र ५ दिनका शिशु रहेका छन् ।
तामाङवाहेक अरु सबै यात्रु एकै परिवारका हुन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...