इन्डियन फिल्म फेस्टिबल सिड्निमा “बाटो मुनिको फुल-२”

-- NTA REP. / प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३

indian festivalयहि अगष्ट २० तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन गइरहेको ईन्डियन फिल्म फेष्टिभलमा नेपाली कथानक चलचित्र बाटो मुनीको फूल २ पनि प्रदर्शन गरिने भएको छ ।  “यस वर्षको ईन्डियन फिल्म फेष्टिभलमा सहभागी हुने यो एकमात्र नेपाली चलचित्र हो, यो हामी सबै नेपालीको लागि खुशिको कुरा हो, हामी निर्माण टोलिपनि एकदम उत्साहित छौं” चलचित्रका निर्माता भीम न्यौपानेले नेपाली टाइम्ससंगको कुराकानीमा बताए ।

नेपालमा अझैपनी बिधमान छुवाछुत प्रथा अनि नेपाली राजनीतिलार्इ पर्दामा उतारिएको यस चलचित्रलाइ सुवर्ण थापाले निर्देशन  गरेका हुन् । चलचित्रमा यसकुमार, अशिस्मा नकर्मी, भीम न्यौपाने, दिलिप रायमाझी, बाबु बोगटी, ऋचा शर्मा, गणेश उप्रेती र सुभद्रा अधिकारीको प्रमुख भूमिका रहेको छ ।