सारीमा कामूक देखिन्छु – रश्मी तामाङ, मोडल/नृत्यांगना
साउन महिना लागेपछि नेपालमा मात्र होइन नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू पनि फेस्टिभ मूडमा हुन्छन् । साउने सोमबारबाट प्रारम्भ हुने चाडवाडको मौसम तीज, दसैं, तिहार हुँदै छठसम्म जारी रहन्छ । यतिबेला अधिकांश नेपाली महिनाहरू साउने सोमबार मनाइरहेका छन् भने अर्को महिना तीजको स्वगतका लागि तयार हुन्छन् । त्यसो त सांगीतिक बजारमा साउन लागेदेखि नै तीजका गीतहरूको बाढी आउँछ । अघिल्लो वर्ष भूकम्पले केही शिथिल बनाएको तीजका गीतहरूको बजार यो वर्ष तातेको छ । यो वर्ष एक सय भन्दा बढि तीजका गीतको म्युजिक भिडियो निर्माण हुने अनुमान गरिएको छ । ती मध्ये करिव ४० वटा भिडियोमा आकर्षक नृत्य गर्ने मोडल तथा नृत्यांगना हुन् रश्मी तामाङ । तीन वर्षअघिदेखि तीज गीतका म्युजिक भिडियोका नृत्य गर्न थालेकी रश्मीले पहिलो वर्ष १४ वटा गीतमा नृत्य गरेकी थिइन् भने गत वर्षको तीजमा २८ वटा भिडियोमा कम्मर मर्काएकी थिइन् । स्वदेश तथा विदेशका धेरै स्टेजमा नृत्य गरेर दर्शकहरूको मन जितिसकेकी रश्मी यो क्रममा जापान, हङकङ, दुबई आदि देश पुगिसकेकी छिन् । अब उनलाई सिंगापुर तथा अष्ट्रेलियाका नेपालीमाझ आफ्नो नृत्य कौशल प्रस्तुत गर्ने धोको छ । यतिबेला दिनमा तीन वटासम्म भिडियोलाई समय दिइरहेकी रश्मीलाई द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
तपाईं तीज गीतका म्युजिक भिडियोको पर्याय हो ?
तीजका गीतको भिडियोका पर्याय नै त भन्दिन तर म अहिले सबैभन्दा बढि भिडियोमा अभिनय तथा नृत्य गर्ने कलाकारको रुपमा चाहिं चिनिएकी छु ।
एउटै सिजनमा यति धेरै भिडियोमा नृत्य गर्न कसरी भ्याउनु हुन्छ ?
एकै दिनमा तीन वटा सम्म भिडियोमा समय दिन भ्याइरहेकी छु । दुई वटा त सामान्य नै हुन्छ । समयको राम्रो व्यवस्थापन गर्न सक्ने क्षमताले पनि मलाई सहज भएको छ ।
गायक–गायिकाहरूले भिडियोमा तपाईंलाई नै सम्झने कारण के हो ?
पहिलो कुरा त मेरो बानी–व्यहारोले गर्दा हुनसक्छ । म असाध्यै मिलनसार स्वभावकी छु । मसंग एक पटक काम गर्ने गायक–गायिकाहरूले मलाई दोहोर्याउन अफ्ट्यारो मान्नु हुन्न ।
प्रसंग बदलौं, कत्तिको फेसनेबल हुनुहन्छ ?
म एकदमै फेसनेवल छु । मेरो आम्दानीको सबैभन्दा ठूलो हिस्सा फेसनमै खर्च हुन्छ ।
फेसनका लागि कुन–कुन पहिरन छान्नु हुन्छ ?
सारी र कुर्ता मलाई मनपर्ने पहिरनहरू हुन् । यसबाहेक क्याजुअल वेयर पनि लगाउँछु ।
कुन पहिरनमा कामूक देखिनु हुन्छ ?
मेरो शारीरिक बनावट नै अचम्मको छ । म हरेक पहिरनमा कामूक देखिन्छु ।
हरेक पहिरनमा कामूक देखिनु त असम्भव होइन र ?
असम्भव त हो तर मलाई सबै पहिरन सुहाउँछ जस्तो लाग्छ । सारीमा चाहिं म असाध्यै कामूक देखिन्छु ।
भिडियोमा मात्र सिमित हुने कि फिल्ममा पनि आउने ?
अझै केही वर्ष म भिडियोमै सिमित हुनेछु । भिडियोमा व्यस्त नभएको बेला म सांस्कृतिक कार्यक्रममा व्यस्त हुन्छु तर अहिले नै फिल्ममा आउने कुनै योजना छैन ।
प्रेम गर्नु भएको छ ?
म्युजिक भिडियोमा धेरै जनासंगै प्रेम गरे पनि वास्तविक जीवनमा कसैसंग प्रेम गरेकी छैन । मैले आफूलाई माया गर्ने मान्छे नै भेटेकी छैन ।
विवाह चाहिं कहिले गर्ने नि ?
प्रेम त गर्न भ्याएकी छैन, अहिले नै विवाहका बारेमा कसरी सोच्नु ? मनोरञ्जनको क्षेत्रमा स्थापित भएपछि मात्र विवाहका बारेमा सोच्ने छु ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...