मन पराइयो ‘छक्का पञ्जा’ को ट्रेलर

काठमाडौं— ‘छ एकान छ’ तथा ‘वडा नम्बर छ’ निर्माण गरिसकेकाको दीपकराज गिरी तथा दीपाश्री निरौलाको समुहले निर्माण गरेको तेस्रो फिल्म ‘छक्का पञ्जा’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकले मन पराएका छन् । हास्य दृष्यले भरिएको यो फिल्मको ट्रेलरले प्रिमियर समारोहमा मात्रै होइन, युट्युबमा समेत प्रसंसा पाएको छ । मंगलबार बिहान प्रिमियर गरिएको प्रोमो बुधवार साँझसम्ममा १ लाख ६३ हजार पटक हेरिएको छ ।
दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा’ को ट्रेलरसंगै फिल्मका दुई गीत पनि प्रदर्शन गरिएको थियो । फिल्मका दुई मध्ये ‘पूर्व पश्चिम रेल…’ लोकप्रिय भैसकेको छ । करिव तीन मिनेट लामो ट्रेलरलाई हास्यप्रधान मात्र छैन, फिल्मको विषयवस्तु वैदेशिक रोजगारीको पीडामा केन्द्रित छ भन्ने कुरालाई समेत उजागर गरेको छ ।
भदौ २४ गते अर्थात सेप्टेम्बर ९ देखि प्रदर्शन हुने यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ ‘हैट’, शिवहरी पौडेल, नम्रता लगायतले अभिनय गरेका छन् ।
यस्तो छ प्रोमो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...