नेविसंघको निर्वाचन शनिवार

काठमाडौं— काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको ११ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि पर्सि शनिवार निर्वाचन हुने भएको छ ।
नेविसंघले आज बिहिबार सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य सामग्री वितरण गर्ने जनाएको छ । संघको निर्वाचन गर्न पार्टीले गठन गरेको निर्वाचन समितिले बिहिबार दिनभरिमा मतदाता नामावली सूचि तयार गरी प्रकाशन गर्ने भएको छ ।
समितिले भोलि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने समिति संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।
निर्वाचनका उक्त सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् । निर्वाचन भने शनिवार बिहान ७ बजे राष्ट्रिय सभागृहमा गर्ने तयारी भइरहेको छ ।
केही दिन नेविसंघ महाधिवेशनको उद्घाटन भएपनि महाधिवेशन प्रतिनिधि विवाद मिलाउन ढिलाइ हुँदा बन्दसत्र अझै हुन सकेको छैन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...