नेविसंघको निर्वाचन शनिवार

काठमाडौं— काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको ११ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि पर्सि शनिवार निर्वाचन हुने भएको छ ।
नेविसंघले आज बिहिबार सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य सामग्री वितरण गर्ने जनाएको छ । संघको निर्वाचन गर्न पार्टीले गठन गरेको निर्वाचन समितिले बिहिबार दिनभरिमा मतदाता नामावली सूचि तयार गरी प्रकाशन गर्ने भएको छ ।
समितिले भोलि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने समिति संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।
निर्वाचनका उक्त सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् । निर्वाचन भने शनिवार बिहान ७ बजे राष्ट्रिय सभागृहमा गर्ने तयारी भइरहेको छ ।
केही दिन नेविसंघ महाधिवेशनको उद्घाटन भएपनि महाधिवेशन प्रतिनिधि विवाद मिलाउन ढिलाइ हुँदा बन्दसत्र अझै हुन सकेको छैन ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...