म्युजिकल नाईट हुदै

-- The NTA / प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
Musical night sydneyनेपालका ख्याती प्राप्त गायकहरु र अस्ट्रेलियालाई कर्म थलो बनाएकी गायिकालाई एउटै स्टेजमा प्रस्तुत गर्दै नेप-अज प्रोडक्सनले चेज इन्टरनेसनल गेटवे संगको समन्वयमा अस्ट्रेलियाका प्रमुख शहर भरि म्युजिकल नईटको आयोजना गर्दैछ । नेप-अज प्रोडक्सनको तर्फबाट उदयले दिएको जानकारी अनुसार म्युजिकल नाईटमा प्रसिद्द गजल गयक शिब परियार, अहिले निक्कै चर्चामा आएको गीत फेन्टास्टिक हुन्न क्या हो लाइफ लगाएतका गीतका गायक अल्मोडा राना उप्रेती, त्यस्तै गायकहरु सुजन पोखेरल, सौर्यजीत बास्कोटा र अस्ट्रेलियालाई कर्म थलो बनाएकी गायिका स्मृति पोखरेलको उपस्थितीमा हुदैछ।
जस अनुसार सिड्नीको कार्यक्रम २८ अगस्तका दिन तय भएको छ । सार्क होटेल (127 Liverpool St. Sydney) को स्पेस बारमा हुन लागेको उक्त कार्यक्रमको प्रवेश शुल्क आयोजकले ३० डलर राखेको छ भने कार्यक्रम साँझ ६ बजेबाट सुरु भइ भोलि पल्ट बिहान ३ बजे सम्म चल्नेछ । कार्यक्रममा गजल देखि आधुनिक गीत र हिप पप सम्म का गीत ले सबै रुचि का दर्शकलाई मनोरन्जन दिनेछ भने डिजे सुशील र रेनले कार्यक्रमलाई संगीत मय र नाचु-नाचु बनाउनेछ्न।
   13682633_10154455455431757_604878572_o    musical night darwin
त्यसैगरी म्युजिकल नाईटको दोश्रो कार्यक्रम मेलबर्नमा २९ अगस्त र तेस्रो कार्यक्रम डार्विनमा ३१ अगस्तमा हुदैछ । आयोजकका अनुसार यस पछि अन्य शहरहरुमा पनि कार्यक्रमको मिति र स्थान छिट्टै तय गरिनेछ।
थप कार्यक्रम सम्बन्धि जानकारी र टिकट सम्बन्धि जानकारीका लागि नेप-अज प्रोडक्सन वा नितिश- 0430458911, बिश्व- 0422428627, र निर्मल 0413 724 381 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।