चीन र भारत जाँदै विशेष दूत

काठमाडौं— सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरालाई क्रमश: भारत र चीन पठाउने निर्णय गरेको छ । सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरालाई क्रमश: भारत र चीन पठाउने निर्णय गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवम् गृहमन्त्री निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री महरालाई निकट भविष्यमै चीन पठाउने निर्णय गरेको महराले जानकारी दिनु भएको छ ।
दुई देशबीचका आपसी सम्बन्ध थप सुदृढ बनाउन उपप्रधानमन्त्रीद्वय छिमेकी मुलुक भ्रमणमा जान लागेको उहाँले बताउनु भयो ।
सरकारले निकट भविष्यमै पठाउने भने पनि मिति भने निर्णय भइनसकेको र दुई देशबीच छलफल गरी चााडै उपयुक्त समयमा भ्रमण हुने पनि उहाँले जानकारी दिनु भयो ।
यसका साथै सरकारले कालोबजारी नियन्त्रणका लागि गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कालोबजारी नियन्त्रणका लागि कानूनमा थप सुधार–संशोधन गर्नुपर्ने भए सोही अनुसारको विधेयक तयार पार्न समेत कानून मन्त्रालयलाई निर्देशन दिएको उपप्रधानमन्त्री महराले जानकारी दिनु भएको छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...