रियालिटी शो ‘आई क्यान डान्स’ को घोषणा

काठमाडौं— नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको नेतृत्वमा कला, संस्कृति तथा नृत्यलाई माया गर्ने समाजका २२ जना प्रवुद्ध व्यक्तित्वहरुद्वारा सञ्चालित आस्था आर्ट एकेडेमीले नृत्यमा आधारित रियालिटी शो ‘आई क्यान डान्स’ आयोजना गर्ने भएको छ । एकेडेमीले शुक्रवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभिनेत्री चन्दले ‘आई क्यान डान्स’ कार्यक्रम भदौ ११ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने जानकारी गराएकी हुन् ।
काठमाडौंको महाराजगञ्जमा लामो समयदेखि अभिनय, नृत्य तथा संगीतको प्रशिक्षणमा सक्रिय आस्था कला केन्द्रको भगिनी संस्था आस्था आर्ट एकेडेमीले घोषणा गरेको खुला नृत्य प्रतियोगिता ‘आई क्यान डान्स’ मा १० वर्षदेखि माथि हरेक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।
पत्रकार सम्मेलनमा यो रियालिटी शोमा अडिसनमार्फत सहभागिता जनाउन सकिने बताइएको छ । पहिलो अडिसन भदौ ४ गते महाराजगञ्जस्थित आस्था कला केन्द्रमा सञ्चालन गरिनेछ भने काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानमा भदौ ११ गते शनिवार अडिसन आयोजना गरिनेछ ।
एकेडेमीका संस्थापक निर्देशक रमेश थापाका अनुसार महाराजगञ्जको आस्था कला केन्द्रमा भदौ ४ गतेको पहिलो अडिसनपछि भदौ ११ गते शनिवार कुपण्डोलस्थित नाइटिंगेल स्कूल, बालाजुस्थित हिमरस्मी विद्यालय, कपनस्थित पायोनियर स्कूल, कुलेश्वरस्थित कुलेश्वर मावि, जोरपाटिस्थित न्यूबुद्ध स्कूलमा पहिलो चरणको अडिसन सम्पन्न हुनेछ । निर्देशक थापाका अनुसार अडिसनका लागि करिव १५ सय वटा फर्म वितरण भैसकेको छ ।
अडिसनमा सहभागिता जनाउने प्रतियोगिलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न दुई मिनेटको समय प्रदान गरिने । हास्य अभिनेत्री तथा नृत्यांगना निरु खड्का, गायक तथा नृत्यांगना प्रेम लोप्चन, नृत्य प्रशिक्षकहरु प्रेम श्रेष्ठ, सुशान्त लामा, सिता राई, सागर लोप्चन, सुजित श्रेष्ठ, दक्षिणा लामा, नविन चौधरी, कुमार मगरसहितको निर्णायक मण्डलले अडिसनमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
पहिलो चरणको अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई अघिल्लो चरणमा प्रतियोगितामा सहभागि गराइने । उत्कृष्ट १५ को छनोट भएपछि प्रतियोगिहरुलाई निर्णायकको निर्णयका साथै एसएमएस भोटिङसमेत संकलन गरिनेछ ।
हिमालय टेलिभिजनबाट प्रत्येक शनिवार राती ८ बजेदेखि प्रसारण हुने यो कार्यक्रममा २२ श्रृंखलासम्म प्रसारण हुनेछ ।
‘आइ क्यान डान्स’ का विजेतालाई नगद एक लाख रुपैया, एउटा स्कूटी, म्युजिक भिडियोमा अभिनय गर्ने अवसरका साथै आस्था आर्ट एकेडेमीमा रोजगारी समेत दिइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको उपविजेतालाई नगद ५१ हजार रुपैयाँ तथा ल्यापटप, तेस्रो स्थान हासिल गर्ने प्रतिस्पर्धिलाई नगद नगद २५ हजार रुपैयाँ तथा ट्याबलेट, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धिलाई नगद १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ । यसबाहेक प्रतियोगिताको उत्कृष्ट १० मा आउनसफल प्रतिस्पर्धीलाई एक–एक वटा स्मार्टफोन प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा उपस्थित हास्य अभिनेत्री बसुन्धरा भुसालले नृत्य प्रतियोगितामार्फत उत्कृष्ट नृत्यांगनाको छनोटमा आफू पनि प्रत्यक्ष सहभागि हुने बताएकी छिन् ।
समारोहमा पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले नृत्य प्रतिभाको खोजी गर्ने यस्ता रियालिटी शोले नृत्यमै करियर बनाउन चाहने युवापुस्ताको छनोटमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...