सुधिरा शाहको महत्वाकांक्षी ‘तस्वीर पुस्तक’ बिमोचन हुदै

-- The NTA / प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३

अस्ट्रेलियालाई दोश्रो घरको रुपमा रोजेका सयौं नेपाली परिवारहरु सचित्र एउटै पुस्तकमा समाबेश भएको फोटोग्राफर सुधिरा शाहको अत्यन्त महत्वाकांक्षी तस्वीर पुस्तक  “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया”  आगामी सेप्टेम्बरको ११ मा सिड्नीमा बिमोचन हुदैछ । सन् २०१३ मा एडेलेडबाट सुरु भएको उक्त पुस्तकका लागि फोटो खिच्ने र परिबारिको जानकारी लिपिबद्द गर्ने क्रममा शाह र उनको टिमद्धारा अष्ट्रेलियाको आठैवटा राज्यहरु भ्रमण गरेका थिए र  करीब ३ वर्षको यो दौरानमा ४ सय ६६ परिवारहरु समेटिएको छन् ।Sudhira shaha

पुस्तक प्रकाशनको क्रममा बिगत ३ बर्षका आफ्ना अनुभबहरु बाँड्ने पुस्तक र आउदै गरेको बिमोचन कार्यक्रम सम्बन्धी जानकारी दिने उदेश्यले गत अगष्ट १२ मा आयोजिक्त पत्रकार भेटघाट कार्यक्रममा शाहले उक्त जानकारी दिएकी हुन् ।  उनका अनुसार यस पुस्तकमा एनएसडब्ल्यु राज्यबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरु सामेल छन्  । पत्रकारहरुको जिज्ञासामा आप्रवासी नेपालीहरुको जीवनसंग सम्बन्धीत संभवत यो पहिलो पुस्तक हुने र यो अस्ट्रेलियामा नेपाली समुदायको लागि त झन् सचित्र  इतिहास हुने पनि शाहले बताइन ।
अत्यन्तै जीवन्त तस्वीरहरुले भरीएको  ४९६ रंगीन पेज रहेको यो पुस्तक हार्ड कभरमाको रुपमा प्रकाशित हुनेछ । अष्ट्रेलियामा नेपाली समुदायलाई  रचनात्मक क्षेत्रमा यहाँका अन्य आप्रबासी समुह बीच सशक्त उपस्थितीको संदेश दिन पुस्तक सफल हुने बिश्वास लिइएको छ । अर्को तर्फ पुस्तकका तस्बिरमा देखिएका आफ्ना भेष भुषा र पहिरनले हाम्रो बिबिधता भित्रको एकता उजगार गर्दै नयाँ भूमिका संघर्षका कथाहरुको स्मरण गर्न सबैका लागि सहयोग सिद्द  हुनेछ ।
फोटोग्राफर सुधिरा शाहले कैद गरेका यी ४ सय ६६ परिवारका तस्बिरहरु संगै प्रकाशन हुने छोटो पारिबारिक परिचयलाई पत्रकार योगेन्द्र विष्टले लिपिबद्द गरेका हुन् ।  प्रवास बसाईका क्रममा भोगेका कयौं दुखसुखलाई आत्मसात गरी सफल जीवन बिताउने क्रममा रहेको नेपालीहरुको कथा पक्कै पनि सबैका लागि प्रेरणादायी हुने आफुले बिश्वास लिएको पत्रकार भेटघाटका क्रममा बिष्टले व्यक्त गरे  । त्यसै गरी शाहलाई उक्त पुस्तक डिजाईनमा नेपालका बरिष्ठ डिजाइनर राजुबाबु शाक्यले सहयोग गरेका छन् ।
बहुसंस्कृतिक अष्ट्रेलियाली समुदायमा नेपाली समुदायको इतिहास सरह आउदै गरेको यस पुस्तकका लागि नेपली समुदायको उच्च सराहना गर्दै र पुस्तक प्रकाशन टिमको महत्त्व पूर्ण कार्यलाई  अष्ट्रेलियाली आप्रवास मन्त्री पीटर डट्नले पुस्तक प्रकाशन टिमलाई बधाई दिएका छन् ।  त्यस्तैगरी संचार छायामन्त्री मिशेल रोल्याडले पुस्तक प्रकाशनले नेपाली समुदायलाई बुझ्न सहयोग गर्ने  आउदो पुस्ताका प्रवासीहरुलाई उदाहरणीय रहने  बाताएकी पनि प्रोजेक्टलाई नजिकैबाट सहयोग गरिरहका प्रोजेक्टका सदस्य बिजय शाहले बताए ।त्यस्तै गरि गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाली डायस्पोरा समुदायको वास्तविक जीवनसंग सम्बन्धीत यस पुस्तकले नेपालीहरुको इतिहासको जर्गेना गर्नेमा बिश्वस्त रहेको भन्दै पुस्तकको उच्च सराहना गरेको बताइएको छ ।  पुस्तकको महत्वलाई ध्यानमा राखी “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया” लाई सकभर सबै नेपाली समुदायहरु, पुस्तकालयहरु, प्रवासी सम्बन्धी संस्थाहरु, नेपाली व्यवसायहरुमा पुर्याउने जानकारी प्रोजेक्टका सदस्य डिला खरेलले दिए ।sudhira shaha 1
सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो प्रोफेसन बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिता जगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकी थिइन् । एक सानी बालीकाले कठिनताका साथ ‘रोपवे’बाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्टिय फोटो प्रतियोगितामा दोस्रो उत्कष्त तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरुले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरु जित्न सफल भइसकेको छन् ।
सन् २००४ मा बेलायतको युनिर्भसिटी अफ वेस्टमिनीस्टरबाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अस्ट्रेलियामा विगत ६ वर्ष देखि आफ्नै स्टुडियोमा धेरै समय र्सिजनात्मक फोटोग्राफीमा बिताउने गरेकी छिन् । जीवनशैलीमा आधारित शाहका सिर्जनाहरु सबै उमेर समुहका मानिसहरुले मन पराउने गर्दछन किनकि उनका तस्बिरहरु सधै जीवन्त हुने गर्दछन ।  उनका तस्वीरहरु संसारकै उत्कृष्ट संग्राहलय स्तर कागजहरुमा र प्रकाशनहरुमा छापिएका छन् ।
त्यस्तै गरि पहिलो नेपली मूलकी फोटोग्राफरको रुपमा शाहले यस बर्षको AIPP NSW डकुमेन्ट्री फोटोग्राफर अफ द इयर २०१६ फाइनलीस्टको उपाधी जित्न सफल भएकी थिइन्  ।  नेपाल, बेलायत र अष्ट्रेलियामा काम गरेको धेरैवर्ष पछि ” सधै केहि नौलो काम गर्ने प्रेरणार उत्सुकताले ” यस पुस्तकको शुरुवात भएको लागेको जानकारी दिदै यस प्रोजेक्टको दौरान आफुलाई सहयोग गर्ने सबैलाई शाहले हृदय देखि धन्यबाद र  पुस्तकमा सहभागी परिवार प्रति आभारी व्यक्त कृतज्ञ व्यक्त गरिन ।
त्यस्तै गरी लेखनमा साथ दिएका पत्रकार योगेन्द्र बिष्ट नेपालमा रहदा प्राध्यापन सहित बिभिन्न  खोजमुलक अनुसन्धान सहितको सक्रिय पत्रकारितामा  संलग्न थिए ।  पत्राकारिता र कानुनका साथ साथै अष्ट्रेलियामा मक्वारि र सेन्ट्रल क्वीन्सल्याण्ड विश्व विद्यालयबाट क्रमश निती तथा सामाजिक अनुसन्धान र लेखामा स्नाकोत्तर गरिसकेका बिष्टले सन्  १९९९ मा कान्तिपुर पत्राकारिता अर्वाड पाउन सफल भएका थिए ।
सिमीत संस्करणमा मात्र प्रकाशित यस पुस्तक सेप्टेम्बर ११ मा पारामाटाको टाउनहलमा बिमोचन पश्चात सबैको लागि उपलब्ध हुनेछ । यसरि पुस्तक बिक्रि गर्ने क्रममा पहिलो प्राथमिकता पुस्तकमा भाग लिएका परिवारहरुले पाउनेछन् भने अन्य इच्छुक पाठकहरुले संसारको कुनै कुनाबाट www.nepalesefamiliesaustralia.com.au बाट किन्न सक्ने बताइएको छ । पुस्तकका बारेमा थप जानकारीका लागि farandaway2016@gmail.com वा +61 (0)450 477 606 मार्फत सम्पर्क गर्न सकिनेछ।