महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि हुंदै

-- NTA REP. / प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७२
IMG_3652
अन्तराष्ट्रिय महिला दिबसको अवसरमा युनाइटेड नेपलिज आर्टस एण्ड इन्टरटेन्टमेन्टले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा महिला हिंसा सम्बन्धि फोटो प्रदर्शनि गर्ने भएको छ ।  यहि मार्च ५ तारिखका दिन सिड्नी ग्रान्भिलमा रहेको हिमालय पाकिस्तानी रेस्टुरेन्टमा साझ ५ बजेदेखी कार्यक्रम शुरु हुँदै छ ।
हाम्रो समाजमा घरेलु हिंसाका थुप्रै कथाहरु रहेका र ति पिल्सिएर गुन्जिन नसकेका आवाजहरुलाइ बिभिन्न फोटोहरु मार्फत उजागर गर्ने उद्देश्यले यो प्रदर्शनि गर्न लागेको युएनएइ कि भोमा लिम्बुले बताउनुभयो ।  सिड्निमा रहेको नेपालि समाजलाइ घरेलु हिंसाबारे सचेतना जगाउनको लागि यो कार्यक्रम आयोजना गरिएको जानकारि पनि उहांले दिनुभयो ।
गाला डिनरसहितको यो कार्यक्रममा प्रबेश शुल्क ५० डलर र बालबच्चाकोलागि २५ डलर रहेको छ । सोहि स्टेजमार्फत घरेलु हिंसाका बास्तबिक घटनाहरुपनि सुनाइने अल्प इन्टरटेन्टमेन्टका मनोज अधिकारिले बताउनुभयो । कार्यक्रमबाट संकलित रकम नेपालको दैलेख जिल्लामा रहेका आङ खस्ने समस्याले पिडित महिलाहरुको उपचारमा सहयोग गरिनेपनि आयोजकले बताए ।
कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटकोलागि मनोज अधिकारि 0406 835 956 वा अजय राजबंशिलाइ 0430 674 477 मा सम्पर्क गर्न सकिनेछ ।