जारी छ नेविसंघको निर्वाचन

काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औँ महाधिवेशन अन्तर्गत आज बुधवार नयाँ नेतृत्वको लागि मतदान भैरहेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा विद्युती मेसिनमार्फत भैरहेको मतदानमा अहिलेसम्म झण्डै एक हजार मत खसेको र सबै ३४ सय प्रतिनिधीले भोट हाल्दा राति १२ बज्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
बिहान ७ बजेदेखि मतदान हुने भनिएपनि झण्डै चारघण्टा ढिला गरी मतदान सुरु भएको थियो । मतदान स्थल र आसपासका क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महाधिवेशनको महत्वपूर्ण विषय मानिने बन्दसत्र नै नगरी नयाँ नेतृत्व चयनका लागि चुनाव सुरु भएको । एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लािग ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् । सहमहामन्त्रीमा परमेश्वर शाह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सिता गौतम र सुमित्रा शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेनसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र आनन्दप्रसाद त्रिपाठी गरी सात जना प्रतिस्पर्धामा छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...