अष्ट्रेलियामा नेपाली कामदारको लागि साल्भेसन आर्मिको सर्भे

-- The NTA ?>
NEP_Survey 2अष्ट्रेलियामा रहेका नेपालीहरु बेलाबेलामा कार्य क्षेत्रमा शोषित र पिडित भएका खबरहरु आउने गर्छन । बिभिन्न भिसामा रहेका नेपालीहरुलाई काम गर्ने कम्पनि या मालिकले बिभिन्न खाले मानशिक, शारिरिक र आर्थिक शोषण गर्ने, काम गरेबापत पैसा नदिने, तोकिएभन्दा बढि काम गर्न लगाउने, पासपोर्ट र भिसा मागेर इमिग्रेसनमा रिपोर्ट गर्छु डिपोट गर्छु भन्ने लगायतका शोषणलाई लक्षित गरेर साल्भेसन आर्मि अष्ट्रेलिया अन्तर्गतको फ्रिडम पार्टनरशिप संस्थाले एउटा अनलाइन सर्भेको सुरुवात गरेको छ । संस्थाको नेसनल म्यानेजर जेनी स्टनगर अनुसार अस्ट्रलिया आएको पहिलो पुस्तालाई कार्य क्षेत्रमा सहि ब्यबाहार नगरिएको या बिबिध खाले शोषणको शिकार भएको हुन सक्छन ।  अर्को तिर यस्तो स्थितिमा कहाँबाट सहयोग पाउन सकिन्छ उनिहरु अबिज्ञ हुन् सक्छन । यसैलाई मध्यनजर गर्दै रुट लेबलको समस्या पहिचान गरि ठुलो संख्यामा रहेका नेपालीहरुलाई यो सर्भे लाभदायक हुनेछ।
करिब ५ मिनेटमा सकिने यो अनलाइन सर्भेमा माथि उल्लिखित बाहेकका अन्य शोषणहरुपनि उल्लेख गरिएको छ । यो सर्भे एकदम गोपनिय हुनेछ, सहभागि कसैको बिबरण सार्बजनिक नगरिने साथै सहभागिले आफ्नो परिचय पनि खुलाउनु पर्ने छैन र अष्ट्रेलियामा रहेका सबैले भर्न मिल्ने यस प्रोजेक्टका अभियन्ता साल्भेसन आर्मिमा कार्यरत अनिल श्रेष्ठले द नेपाली टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।
सर्भे निम्न लिंकमा गएर भर्न अनुरोध गरिन्छ।
संस्थाले जारि गरेको मिडिया रिलिज निम्न अनुसार छ ।  (मिडिया रिलिज स्पष्ट नभएमा चित्रमा डबल क्लिक गरि पढ्न सकिनेछ ) media release 1