सेलिब्रेटी ओपिनियन : यसपटकको तीजमा तपाईं के गाउँदै हुनुहुन्छ ?
आगामी सेप्टेम्बर ४ का दिन नेपालसहित विश्वका हरेक देशमा बसोबास गर्ने हिन्दू नारीहरु हरितालिका तीज मनाउँदैछन् । तीजको अवसर पारेर नेपालको सांगीतिक बजार तात्ने गर्छ । जुलाईको मध्यदेखि सेप्टेम्बरको मध्यसम्म अधिकांश नेपाली टेलिभिजन च्यानलमा तीजका गीतको बाढी नै आउँछ । स्थापित गायक–गायिकादेखि नयाँ कलाकारसम्म तीजका गीत गाउन लालायीत देखिन्छन् । यो वर्षको तीजको अवसर पारेर सयौं तीज गीतहरु सार्वजनिक भएका छन् । द नेपाली टाइम्सका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही गायक–गायिकाहरुलाई सम्पर्क गरेर यसपटकका तीजमा उनीहरुले कस्तो गीत गाएका छन् भन्ने जिज्ञासा राखेका छन् । उनीहरुको जवाफ जस्ताको तस्तै :
म मोडल तथा अभिनेत्रीको रुपमा स्थापित भएकी छु तर यसपटक म गायिकाको रुपमा पनि दर्शकमाझ आएकी छु । त्यसका लागि मैले यसपटकको तीजलाई नै रोजेकी छु । गायिकाको रुपमा मैले ‘ब्युटी नम्बर वान…’ शीर्षकको तीज गीत गाएकी छु । सार्वजनिक भएको कम समयमै दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले म उत्साहित छु ।
यसपटकको तीजमा पनि मैले भगवान शिवसंग ‘पोइ’ मागेकी छु । मेरो गीतको बोल ‘पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो…’ राखेकी छु । मलाई यस पटक पनि गायक पशुपति शर्माले गायन, शब्द तथा संगीतमा साथ दिएका छन् । हामीले गाएको यो नयाँ तीज गीतले यूट्युबमा अपलोड भएको एक सातामै ८ लाख भ्युअर्स पाउँदा म उत्साहित छु ।
मैले यो वर्षको तीजलाई लक्षित गर्दै गायिका देवी हमालसंग मिलेर ‘नयाँ पार्टी खोल्छु’ शीर्षकको गीत गाएको छु । हुन त यो झट्ट सुन्दा राजनीतिक गीत जस्तो लाग्छ, तर यसले नारीहरुको वेदनासमेत बोकेकाले यसलाई मैले तीज गीत नै भनेको छु ।
यसपटकको तीजका लागि मैले दुई भिन्न–भिन्न गीत गाएकी छु । पहिलो गीत ‘नौ गेडी ल्याइदिए…’ गाएकी छु, जसमा मलाई गायक राजु ढकालले साथ दिएका छन् भने ‘रहरैको तीज…’ शीर्षकको अर्को गीतमा मलाई गायक राजेन्द्र सुवेदीले साथ दिएका छन् ।
यसपटकको तीजमा मैले ‘ठूलो भो शिर फूल…’ शीर्षकको गीत गाएकी छु । यो गीतमा मलाई गायक सुकदेव अधिकारीले साथ दिएका छन् । नृत्यांगना पार्वती राईको आकर्षक नृत्यले यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
गायिका कोमल वलीसंग गाएको तीज गीत ‘लास्टै चोटी हो…’ लोकप्रिय भैसकेको छ । यसबाहेक मैले यसै पटकको तीजका लागि गाएको ‘झ्याप्पै बरी लै…’, ‘नक्कलीले खायो मेरो देश’, ‘मगर्नीका सेलरोटी’, बत्ती बाल्न पर्दैन’, ‘कहाँ बज्यो मुरली’, ‘पहिलेका कस्ता हुन्थे र’ सहित झन्डै एक दर्जन तीज गीत गाएको छु, जसमा मलाई विभिन्न गायिकाहरुले साथ दिनु भएको छ ।
यसपटकको तीजका लागि मैले ‘छम छम नाच्छे…’ शीर्षकको गीत गाएकी छु । यो गीतमा मलाई गायक प्रेम विवश घर्तीले साथ दिएका छन् । यो गीतको भिडियोमा विजय थापा तथा लक्ष्मीले आकर्षक नृत्य गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...