निधिले आजदेखि भेटवार्ता थाल्दै

-- ?>

Bimalendra Nidhi

काठमाडौं— प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज शुक्रवारदेखि राजनीतिक भेटवार्ता गर्ने हुनु भएको छ ।
शुक्रबार निधिले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धको विषयमा छलफल केन्द्रित हुने बताइन्छ । आपसी सम्बन्ध सुदृढ बनाउन तथा दुबै देशको तर्फबाट हुने उच्चस्तरीय भ्रमणको वातावरण बनाउन निधि भारत जानुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तथा भारतका राष्ट्रपतिबाट हुने नेपाल भ्रमणको समय निश्चित गर्ने विषयमा उपप्रधानमन्त्री निधिले भारतका उच्च अधिकारीहरुसँग छलफल गर्नु हुनेछ ।

शुक्रबार राष्ट्रपति मुखर्जीलाई भेटेपछि निधिले भोलि शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

यसैबीच प्रधानमन्त्रीको विशेष दूतकै रुपमा चीन भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज शुक्रबार नै स्वदेश फर्कंदै हुनुहुन्छ । नेपाल र चीनबीचको सम्बन्ध सुमधर तथा प्रगाढ बनाउन उहााले पनि त्यहाँ महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ ।