एलजी फिल्म एवार्ड–२०७२ को घोषणा

काठमाडौं— चलचित्रकर्मी दिनेश डिसीले स्थापना गरेको सिनेमा सर्कल नेपालले ‘एलजी फिल्म एवार्ड–२०७२’ मार्फत नेपालमा पहिलो पटक पृथक विधाहरु समावेश गरेर एवार्ड वितरण गर्न लागेको दावी गरेको छ ।
नेपाली फिल्मका प्राविधिकहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गर्न सिनेमा सर्कल नेपाल (सिसिएन) ले ‘एलजी फिल्म एवार्ड’ आयोजना गर्ने घोषणा गरेको हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एवार्डका अध्यक्ष दिनेश डिसीले एवार्ड वितरण समारोहमा भारतीय फिल्म कलाकार तथा सांसद शत्रुघन सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने जानकारी गराएका छन् ।
निर्देशक डिसीका अनुसार हाल नेपालमा सञ्चालन भैरहेका एवार्डहरु भन्दा केही भिन्न रहेर आफ्नो संस्थाले यो एवार्ड आयोजना गर्न लागेको हो । एवार्डलाई नेपालकै प्रतिष्ठीत एवार्ड बनाउने लक्ष्य रहेको डिसीको दावी छ ।
यसमा पर्दा पछाडि काम गर्ने चलचित्रकर्मिहरु पनि पुरस्कृत हुनेछन् । उत्कृष्ट पोष्टर तयार पार्ने डिजाइनर, ट्रेलर बनाउने सम्पादक, द्वन्द्वका डरलाग्दा दृष्यमा अभिनेता अथवा अभिनेत्रीको स्टन्ट गर्ने स्टन्टम्यान, भिएफएक्स गर्ने प्राविधिकहरु यही एवार्डमार्फत पहिलो पटक पुरस्कृत हुनेछन् । एवार्ड वितरण समारोहमा बलिउडकर्मी शत्रुघन सिन्हा तथा जापानीज निर्देशक मात्सुबासी हिरोयुकी अतिथिको रुपमा उपस्थित हुनेछन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एवार्डमा प्रदान गरिने ट्रफीको नमुना पनि सार्वजनिक गरियो । ट्रफीमा ढाका टोपी तथा दौरा सुरुवाल लगाएरु कम्मरमा खुकुरी भिरेको आर्यन वर्णको नेपाली पुरुषको पूर्ण कद समावेश छ । । ट्रफीलाई चर्चित युवा मुर्तिकार नविन सुबेदीले डिजाईन गरेका हुन ।
यस्ता छन् एवार्डका विधाहरु
—द बेस्ट पोस्टर अफ द इयर
—द बेस्ट ट्ेरलर अफ द इयर
—द बेस्ट स्टन्ट अफ द इयर
—द बेस्ट अन–स्क्रिन कपल अफ द इयर
—द बेस्ट भिएफएक्स अफ द इयर
—द मोस्ट पपुलर एक्टर (मेल/फिमेल) अफ द इयर
—द मोस्ट पपुलर सङ अफ द इयर
—द बेस्ट ब्याकग्राउण्ड स्कोर अफ द इयर
—द बेस्ट स्क्रिनप्ले
—द बेस्ट एडिटर अफ द इयर
—द बेस्ट कलरिष्ट अफ द इयर
—द बेस्ट सिनेमेटोग्राफर
—द बेस्ट एक्सन कोअर्डिनेटर
—द बेस्ट म्युजिक डाइरेक्टर
—द लाइफटाइम एचिभ्मेन्ट एवार्ड
—मोस्ट इम्प्याक्टफूल/नलेजेवल मुभि अफ द इयर
—द बेस्ट एक्टर (मेल/फिमेल)
—द बेस्ट फिल्म
—द बेस्ट डाइरेक्टर
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...