भेटघाटमा व्यस्त छन् निधि

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रभावशाली नेताहरुसंगको भेटघाटलाई जारी राखेका छन् । यसैक्रममा उनले आज भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसंग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले पूर्व प्रधानमन्त्री सिंहसंग उनकै निवासमा भेटवार्ता गरेका हुन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसंग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरिसकेका छन् । यसका साथै निधिले भारतीय विपक्षी दल काग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई भेटेका थिए ।
भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही सेप्टेम्बर १५ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको छ । नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णय अनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चााजोपााजो मिलाउन यही अगष्ट १८ मा भारत प्रस्थान गरेका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...