भेटघाटमा व्यस्त छन् निधि

-- ?>

Nidhi with Modi

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रभावशाली नेताहरुसंगको भेटघाटलाई जारी राखेका छन् । यसैक्रममा उनले आज भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसंग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले पूर्व प्रधानमन्त्री सिंहसंग उनकै निवासमा भेटवार्ता गरेका हुन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसंग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरिसकेका छन् । यसका साथै निधिले भारतीय विपक्षी दल काग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई भेटेका थिए ।
भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही सेप्टेम्बर १५ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको छ । नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णय अनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चााजोपााजो मिलाउन यही अगष्ट १८ मा भारत प्रस्थान गरेका हुन् ।