महेन्द्र मञ्जिलको लाइन जोडियो

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले हिजो आईतबार काटेको महेन्द्र मञ्जिलको बिजुलीको लाइन आज सोमबार जोडिदिएको छ ।
२०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबार प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो ।
नारायणहिटी दरवारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन् । त्यहाँ लोडसेडिङको समयमा पनि बत्ती जाँदैनथ्यो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासाका क्रममा रहेको भन्दै लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाएको थियो । मन्त्रालयले केही समयभित्रै बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाले लाइन जोडिएको प्राधिकरणले जानकारी दियो । महेन्द्र मञ्जिलमा लाइन काटिएको भन्दै राप्रपा नेपालले विरोध जनाएको थियो ।
सरकारले नारायणहिटी संग्रहालय अन्तरगतका सबै संरचनामा बालिने बत्तिको महसुल आफैंले तिर्दै आएको छ तर, पूर्व बिशिष्टको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिवद्धता जनाएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको निर्देशनअनुसार भदौ १ गतेदेखि आजसम्म प्राधिकरणले देशभर ५ करोड ६८ लाख रुपैयाा बक्यौता भएका ४ सय ६४ ग्राहकको लाइन काटेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...