महेन्द्र मञ्जिलको लाइन जोडियो

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले हिजो आईतबार काटेको महेन्द्र मञ्जिलको बिजुलीको लाइन आज सोमबार जोडिदिएको छ ।
२०६८ सालदेखि हालसम्म ४७ लाख ६४ हजार रुपैयाँ बक्यौता पुग्दा पनि विद्युत महसुल नतिरेको भन्दै आइतबार प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटिदिएको थियो ।
नारायणहिटी दरवारभित्र रहेको महेन्द्र मञ्जिलमा पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकी छन् । त्यहाँ लोडसेडिङको समयमा पनि बत्ती जाँदैनथ्यो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले विद्युत महसुल भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासाका क्रममा रहेको भन्दै लाइन जोडिदिन प्राधिकरणलाई पत्र पठाएको थियो । मन्त्रालयले केही समयभित्रै बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाले लाइन जोडिएको प्राधिकरणले जानकारी दियो । महेन्द्र मञ्जिलमा लाइन काटिएको भन्दै राप्रपा नेपालले विरोध जनाएको थियो ।
सरकारले नारायणहिटी संग्रहालय अन्तरगतका सबै संरचनामा बालिने बत्तिको महसुल आफैंले तिर्दै आएको छ तर, पूर्व बिशिष्टको हैसियतले सरकारले उपलब्ध गराएको महेन्द्र मञ्जिलको महसुल पनि सरकारले तिर्ने प्रतिवद्धता जनाएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको निर्देशनअनुसार भदौ १ गतेदेखि आजसम्म प्राधिकरणले देशभर ५ करोड ६८ लाख रुपैयाा बक्यौता भएका ४ सय ६४ ग्राहकको लाइन काटेको छ ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...