सिड्नीमा महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी हुदै 

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन १३, २०७२
mahaila sahitya sammelan
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा बिश्वब्यापी रुपमा हरेक दुइ-दुइ बर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको दोश्रो संस्करण यो पटक अष्ट्रेलियाको सिड्नीमा हुँदैछ । आउदो मार्च ४ देखी ६ तारिख सम्म सिड्नी स्थित मेट्रो होटल मार्लोमा सम्पन्न हुने उक्त बिशेष कार्यक्रममा बिश्व काब्य गोष्ठी समेत गरिदैछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) को केन्द्रिय समितिको  समयोजनमा अनेसास एन एस डब्लु च्याप्टरले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
सम्मेलन तथा काब्य गोष्ठी सफल बनाउन नेपालबाट बिशेष अतिथीहरुले सहभागीता जनाउदैछन । सो सम्मेलनमा विश्वका विभिन्न राष्ट्रहरुबाट साहित्यकारहरुले उपस्थिति जनाउने र कार्यक्रममा बिशेष कार्यपत्रहरु प्रस्तुति, छलफल गरिनुका साथै महिला साहित्यकर्मीहरु सम्मान प्रदान गरिने कार्यक्रम रहेको अनेसासका केन्द्रिय अध्यक्ष पदम् विश्वकर्माले बताउनु भयो ।  डायस्पोरिक नेपाली साहित्यमा महिला साहित्यकर्मीहरुको भूमिका र योगदान निकै महत्वपूर्ण रहेकाले महिला बिशेष साहित्यिक समेलनको जरुरी रहेको अनेसासका केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको ठहर छ ।
नेपाली साहित्यको विश्वब्यापिकरणको यो अभियानमा संसारभरका साहित्यकर्मीहरुको उपस्थितिले नेपाली भाषा, साहित्य र वाङ्मयको उचित सरक्षण र प्रबर्दनमा बिशेष टेवा पुग्नेमा विश्वस्त रहेको माहसचिव गोवर्द्दन पूजा बताउहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), विश्वभरी नै नेपाली भाषा र साहित्यलाई उजागर गर्दै नेपाली पहिचान कायम गर्न स्थापित एक राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष र विश्वब्यापी फैलिएको साहित्यिक संस्था भएको अस्ट्रेलिया एन एस डब्लु शाखाका अध्यक्ष महेन्द्र पौडेल बताउनु हुन्छ ।
सो कार्यक्रमलाई सफल पार्न अस्ट्रेलियामा ५१ सदस्यीय मुल समारोह समिती समेत गठन गरिएको छ। अष्ट्रेलियाका सबै राज्यबाट साहित्यकर्मीहरुले सो मुल समारोह समितीमा सहभागीता जनाएका छन । अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन कार्यक्रमको संयोजन सानु घीमिरेले गर्दै हुनु हुन्छ भने विश्व काव्य गोष्ठीको संयोजन भिमसेन सापकोटाले गर्दै हुनु हुन्छ । त्यस्तै अनेसास पर्थका तर्फबाट गणेश घिमिरेले सम्मेलनलाई सफल बनाउन आफुहरुले सहयोग गरी रहेको बताउनु भयो भने एनआरएनए लगायत अन्य सामाजिक संघ संस्थाले समेत सम्मेलनलाई बिशेष सहयोग गरी रहेको बताउनु भयो  । झन्डै २५ बर्षकी इतिहास बोकेको अनेसास, आजको दिन सम्म विश्वका ४० भन्दा बढी देशमा ८४ भन्दा बढी शाखाहरु बिस्तार गर्न सफल छ । यो महा अभियानमा सहभागीताको लागि सम्पूर्ण साहित्यिक मनहरुमा  अस्ट्रेलियामा रहनु भएका सबै दाजु भाई दिदि बहिनि हरु र साधन श्रोत र समयले भ्याए सम्म  डायस्पोराका सबै नेपालीहरुलाई अनेसासले हार्दिक अनुरोध गरेको छ ।