कवितालाई मिसेस नेपाल आइडलको उपाधि

काठमाडौ- आफ्ना १७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कविता राई नेम्बाङले मिसेस नेपाल आइडल– २०१६ को ताज जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि अप्सरा गुरुङले जितिन् भने सेकेन्ड रनरअपको उपाधि मिरा श्रेष्ठले आफ्नो पोल्टामा पारिन् । थर्ड रनरअपको ताज गौरी गिरीले जितिन् । फोर्थ रनरअपको उपाधी अन्जु जि. टि भुजेलले जित्न सफल भइन् ।
विवाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भएको मिसेस नेपाल–२०१६ को सब–टाइटलमा क्रमश बेस्ट ट्यालेन्ट सिता थापा, बेस्ट कल्चर मिरा श्रेष्ठ, बेस्ट पर्सनालिटि एस रिता गुरुङ, बेस्ट स्माइल गौरी गिरी, बेस्ट डिसिप्लेन मिनु शर्माले जिते । मोस्ट चार्मिङ मन्दिरा महर्जन, बेस्ट स्किन उमा पोखरेल, बेस्ट हेयर एलिना गिरी, मोस्ट स्मार्ट अन्जु जि.टि भुजेल, मोस्ट एक्टिभ पुनम महर्जन, मोस्ट स्टाइलिस अप्सरा गुरुङ, मोस्ट पंचुअल सुनिता भण्डारी, मोस्ट कन्फिडेन्ट गिता श्रेष्ठ, बेस्ट फोटोजेनिक अन्जु जि.टि भुजेल, मोस्ट पपुलर मिनु शर्मा, बेस्ट कम्प्लेसन अप्सरा गुरुङ र मोस्ट बब्लि पुनम महर्जनले सब–टाइटलमा उपाधी जिते ।
प्रतियोगिताको निर्णायकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, अभिनेत्री रिमा विश्वकर्मा, मिसेस मंगोल नेपाल सोनाम राई र निर्देशक बद्रि कृष्ण श्रेष्ठ रहेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...