देउवा पक्षबाट को–को मन्त्री ?

काठमाडौं— पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट अहिलेसम्म कसैले पनि सहभागिता नजाइरहेको अवस्थामा प्रभावशाली नेता शेरबहादुर देउवा पक्षधर नेताहरुको नाम टुंगो लागेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार देउवा पक्षबाट मन्त्री बन्नेहरुमा अर्जुन नरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाण तथा जीवनबहादुर शाहीको नाम टुंगो लागेको हो ।
नेपाली कांग्रेस निकट स्रोतले जनाए अनुसार अर्जुन नरसिंह केसीले शहरी विकास, बालकृष्ण खाँणले रक्षा, जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ । डा.प्रकाशशरण महतले परराष्ट्र मन्त्रालयको दावी गरेको बताइन्छ ।
पौडेल पक्षले डा. शेखर कोइरालाको नाम सिफारिश गरेमा उनी परराष्ट्रमन्त्री बन्ने सम्भावना पनि छ । कोइरालाले परराष्ट्र नपाउने हो भने मन्त्री नबन्ने घुर्की लाउँदै आएको बताइन्छ । कोइराला परराष्ट्रमन्त्री नभएमा महतले उक्त मन्त्रालय पाउने देउवा निकट स्रोतले बताएको छ ।
यसैबीच अर्जुननरसिंह मन्त्री हुने पक्का भएपछि उनका ज्वाईं तथा कांग्रेसका युवा नेता गगन थापा भने मन्त्री नहुने निश्चित भएको छ । थापाको नाम कृष्ण सिटौलाको भागबाट परेको हो तर अब उनको ठाँउमा भीमसेनदास प्रधान मन्त्री हुने सम्भावना छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...