डार्विनमा उल्लसमय तीज

अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा यस वर्षपनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज भब्य रुपमा मनाएका छन् । गत अगष्ट १२ तारिखका दिन नेपालीहरुको बैधानिक संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी तथा एनआरएनए एनटिले संयुक्त रुपमा आयोजना गरेको तीज विशेष दरखाने कार्यक्रममा नर्दन टेरिटोरीका मुख्य मन्त्री एडम गिलस, मल्टिकल्चरल मिनिस्टर एनटी पिटर डोनाल्ड स्टाइल फेडेरल मेम्बर अफ पार्लियामेन्ट लुक घोसलिङ्ग, विपक्षी पार्टीका प्रतिनिधी, अतिथिहरु लगाएत डार्विनबासी दिदीबहिनी दाजुभाइहरुको बाक्लो उपस्थिति थियो । सोही अवसरमा प्रमुख अतिथी, अतिथहरुलाई पञ्चकन्याद्धारा खादा लगाएर भब्य स्वागत गरिएको थियो ।
भब्य सहभागिता भएको उक्त कार्यक्रममा नेपाल र अस्ट्रेलिया दुवै देशको राष्ट्रिय गीत बजाउँदा दर्शकहरु आ-आफ्नो स्थानबाट ठेर सम्मान व्यक्त गरेका थिए । स-साना नानीहरुबाट स्वागत नृत्य प्रस्तुत गर्दा दर्शक दीर्धाबाट तालिको गडगडाहटले फिलिपिनो हल गुञ्जायमान भएको थियो ।
त्यसै गरी नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी २०१४–१६ का पदाधिकारीहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । सो कार्यक्रमको प्रायोजन ३६०मोर्ट्गेज एण्ड सोलुसन, किमो हाउस डार्विन रहेको थियो भने इभेन्ट स्पोन्सर महेश गौतम, डार्विन ह्वाट्स फुटबल क्लव, नर्दन टेरिटोरी सरकार रहेका थिए। गिफ्ट भौचर सनसिल हेयर, मिडियामा अमित पराजुली, अफिसियल फोटोग्राफीमा सुजित सापकोटा, र शाद्र्धुल भारद्धाज रहेका थिए । कृष्ण रानाभाट र मनिषा गुरुङ्गले संयुक्त रुपमा संचालन गरेको सो कार्यक्रम संचालन तीज संयोजक अञ्जना बरालले गरेकी थिइन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...